कलश साकोसको ९ औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन घोराहीमा सम्पन्न, बालचन्द्र शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन

  • २८ मंसिर २०७७, आईतवार ०७:५८ मा प्रकाशित
  • घोराही, २७ मंसिर
    दाङ जिल्लाको सदरमुकाम घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारणसभामा तथा चौथो अधिवेशन घोराहीमा सम्पन्न भएको छ ।

    कार्यक्रम कलश साकोसका अध्यक्ष बालचन्द्र शर्माको अध्यक्षता तथा घोराही उप-महानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेयको प्रमुख आतिथ्यमा भएको थियो ।

    वार्षिक साधारण सभा तथा अधिवेशन मंसिर २० गते देखी शुरु गरिएता पनि शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो । कोभिड १९ को महामारीका कारण भौतिक उपस्थितिलाई कम गर्नका लागि साताब्यापी चरणवद्ध कार्यक्रम गरेर साधारण सभा गरिएको थियो ।

    संस्थाका उपाध्यक्ष नविन कुमार पाण्डेयको स्वागत मन्तव्य सँगै सुरुभएको कार्यक्रममा घोराही उप महानगरपालिका वडा नम्वर १५ का वडाध्यक्ष रमेश कुमार पाण्डेय, सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख होमलाल भुसाल, जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा, बचत तथा ऋण सहकारी सघका अध्यक्ष रुप बहादुर खत्री, नेफ्स्कुन फिल्ड कार्यालय दाङका समन्वय उप समिति सदस्य अञ्जन कुमार पौडेल, राष्ट्रिय सहकारी बैंक जिल्ला शाखा दाङका समन्वय उप समितिका संयोजक भरत बहादुर बुढाथोकी, राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नारायण बेल्वासे, सल्लाहकार संतोष कुमार शर्मा रेग्मी, पत्रकार बसुन्धरा गौतम, सेयर सदस्य मंगला राणा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    सो अवसरमा संस्थाका अध्यक्ष बालचन्द शर्माले संस्थाको गतिविधीलाई प्रविधिमैत्री बनाउदै यस बर्षदेखी एसएमएस सेवा थालिएको र संस्थालाई प्रतिस्पर्धी र समयानुकुल गराउन हाल न्यूनतम ८ देखी अधिकतम १४ प्रतिशतमा ऋण लगानी गरिरहेको जानकारी गराए ।

    सो अवसरमा गत बर्ष बचत तथा ऋण कारोवारमा उत्कृष्ट कार्य गर्ने मंगला राणा, दिनेश कुमार पोख्रेल, शशिधर पौडेल, रेश्मा खनाल लगायतलाई सम्मान गरिएको थियो । साथै प्रमुख अतिथी वडाध्यक्ष पाण्डेलाई मायाको चिनो प्रदान गरिएको थियो ।

    सो अवसरमा कोषाध्यक्ष नवराज भण्डारीले आर्थिक र लेखा सुपरिवेक्षण उप-समितिका संयोजक केशव रिजालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव विमल योगीले गरेका थिए ।

    संस्थाको अध्यक्षमा पुनः बालचन्द्र शर्मा चयन

    चौथो अबिधेशले पुन: बालचन्द्र शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । संस्थाको उपाध्यक्षमा नविन कुमार पाण्डेय, सचिवमा विमल योगी, कोषाध्यक्षमा नवराज भण्डारी, सदस्यहरुमा श्रीकान्त अधिकारी, माधव खनाल, इश्वरी प्रसाद आचार्य, चन्द्रावती भण्डारी, केशव रिजाल रहेका छन । अबिधेशनले गेहेन्द्र वस्नेत संयोजकत्वमा हरिहर आचार्य र ऋचा डागी सदस्य रहेको लेखा सुपरिवेक्षण उप समिति समेत चयन गरेको छ ।

    Leave a Reply