नोखिरामले पाए नयाँ घर, नगर प्रमुख चौधरीद्वारा घरको साचो हस्तान्तरण

  • २२ मंसिर २०७७, सोमबार १९:३९ मा प्रकाशित
  • घोराही, २२ मंसिर
    घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरा नयाँबस्तीका नोखीराम डाागीले आज नयाँ घर प्राप्त गरेका छन । गत साउन ३० गते परेको बर्षाका कारण घर भत्कीएर डाँगी घरवारविहीन भएका थिए ।

    घोराही उपमहानगरपालिकाको १ लाख र विभिन्न व्यक्तिहरुबाट संकलित १३ हजार २ सय ५८ रुपैयाँ गरि जम्मा १ लाख १३ हजार २ सय ५८ रुपैयाँ लागतबाट निर्मित उक्त २ कोठे भवनको साचो सोमबार घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पिडित डाँगीलाई हस्तान्तरण गरेका हुन।

    पीडितको घर निर्माणका लागि रत्नबबई युवा क्लव र नयाँ बस्ती युवा क्लवका पदाधिकारीहरु अहोरात्र जुटेका थिए । उक्त क्लबहरुको सक्रियतामा विभिन्न व्यक्ति र संस्थाहरुबाट १३ हजार २ सय ५८ रुपैयाँ संकलन गरिएको थियो ।

    घर हस्तान्तरण कार्यक्रम बोल्दै नगर प्रमुख चौधरीले अन्यायमा परेका र विपतमा परेकालाई सबैले सहयोग गर्नुपर्ने बताए । सरकार र स्थानियहरु मिलेर अगाडि बढेमा जस्तोसुकै पिडितलाई न्याय र उद्धार गर्न सकिने उल्लेख गरे ।

    त्यसैगरी, नयाँ बस्ती युवा क्लवका अध्यक्ष खेमराज पुरीले घरबार बिहिन हुन पुगेका डाँगीलाई ओतलाग्ने मात्रै भए पनि घर बनाउन सरकार र दाताको सहयोगमा सफल भएकोमा खुशी ब्यक्त गरे ।

    रत्नवबई युवा क्लवका अध्यक्ष मोहन विक्रम बस्नेतको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा वाताबरण तथा विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी र वडा नम्बर ९ का अध्यक्ष मानवहादुर बस्नेतको उपस्थितीमा घर हस्तान्तरण गरिएको हो । कार्यक्रमको सहजिकरण प्रदिपराज कुँवरले गरेका थिए ।

    Leave a Reply