रौतहट राजपुर बमकाण्डका आरोपी महताव आलम पक्राउ

  • २२ मंसिर २०७७, सोमबार १७:५० मा प्रकाशित
  • घोराही, २२ मंसिर
    रौतहट जिल्लाको राजपुर बमकाण्डका आरोपी राजपुर गा.पा. वडा नं. ४ का मो. महताव आलम पक्राउ परेका छन । महताव नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ हुन ।

    सांसद एवं पूर्वमन्त्री मो. अफताव आलम पनि गत वर्ष असोज २६ मा पक्राउ परि हाल नख्खु कारागारमा जेल जीवन विताईरहेका छन ।

    भारतीय प्रहरीको समन्वयमा निजलाई नेपाल भारत सिमास्थित रौतहटको बड्की बंकुल एरियाबाट पक्राउ गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी धिरजप्रताप सिंहले जनाएका छन । उक्त घटनाका आरोपीहरुलाई पक्राउ गर्नका लागि प्रहरीले विशेष प्रहरी फोर्स परिचालन गरेको थियो ।

    निज माथि २०६४ साल चैत २७ गते चुनावको समयमा आफ्ना दाजु मो. अफताव आलमको निर्देशनमा आलमका काका शेख इद्रिसको घरमा भएको बम विष्फोटमा परि मृत्यु भएका २/३ जनाको शव र उक्त घटनामा परि घाइते भएका त्रिलोकप्रताप सिंह लगायत १५/१६ जना घाइतेलाई ट्याक्टरमा लोड गरि नजिकैको ईटाभट्टामा हालेर जलाएको आरोप छ ।

    Leave a Reply