
कमिरेचौर, २२ मंसिर
मुलुकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेको बेला शनिबार बंगलाचुली गाउँपालिकाले विविध कार्यक्रम सहित १७ औ राष्ट्रिय महिला स्वास्थ्य सामुदायिक स्वयमसेविका दिवस सम्पन्न गरेको छ ।
बंगलाचुली गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नं.३ का वडाध्यक्ष शोभाराज विश्वकर्माको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगरको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विशिष्ट योगदान पुराउने म.स्वा.स्व.से. लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा सह-संयोजक ईन्द्रा घर्ति र महिला तथा वालबालिका शाखा प्रमुख पार्वति रानाले गर्नु भएको थियो ।

