टिभी सो: अ जर्नी थ्रु एग्जिस्टेन्सले आफ्नो २५ औँ बिशेष शृँखला प्रसारण गरेको छ। योहो टेलिभिजन प्रसारण सहयात्री रहेको कार्यक्रम अ जर्नी थ्रु एग्जिस्टेन्स प्रत्यक शुक्रबार राती ८:३० बजे प्रसारण हुँदै आएको छ।
आफ्नो २५ औँ शृँखलाको अवसरमा कार्यक्रम प्रस्तोता दिबस खनियाले बिगतका २४ शृँखलालाई फर्केर हेर्नु भएको छ। सुप्रसिद्ध गायिका आनी छोइङ डोल्माबाट उद्घाटन भएको कार्यक्रमको २४ औँ शृँखलामा सुप्रसिद्ध समाजसेवी अनुराधा कोइराला उपस्थित हुनुभएको थियो।

त्यस बिचमा राष्टिय आविस्कार केन्द्रका सँस्थापक महाबिर पुन, पुर्ब डिआइजी रमेश खरेल , पूर्व मिस नेपाल माल्भिका सुब्बा, सिएनएन हिरो पुष्पा बस्नेत, युवा नेता गगन थापा, साहित्यकार कुमार नगरकोट, अभिनेत्री सुरक्षा पन्त, बैज्ञानिक डा. समिर मणी दीक्षित, सांसद नवराज सिलवाल, रसिय नागरिक स्वामी पत्रीदास, प्रेरक बक्ता रमण भट्टराइ , पुर्ब ट्राफिक इन्स्पेक्टर सिताराम हाछेथु, योगी ब्याग्र बेदनाथ, ब्लाईन्ड रक्स कि संस्थापक सृस्टी केसी, बिबेकशिल नेपाली दलका अध्यक्ष मिलन पाण्डे, गायिका स्मिता दहाल तथा आश्रा कुंवर, एसिड आक्रमणका पिडित तथा अभियान्ता रामराजा थापा तथा उज्ज्वल थापा, पुर्ब सेना प्रमुख रूक्माङ्गद कटवाल र कांग्रेस नेता मिनेन्द्र रिजाल उपस्थित हुनुभएको थियो।
त्यस्तै कार्यक्रमको एउटा शृँखला कोरोना माहामारिका बिच अग्रपङ्तीमा रहेर सेवा दिने ब्यक्तीहरु प्रती समर्पित गरिएको थियो।
कार्यक्रमको २६ औँ शृँखला देखी केहि नयाँ पन देख्न सकिने समेत २५ औँ बिशेष अँकको अवसरमा जानकारी दिइएको छ।



ivalav 7802dec3d1 https://marketplace.visualstudio.com/items?itemName=Parkour.ThodaPyaarThodaMagicengsubfreeCRACKED-Download