PNCC द्वारा श्रमिक हेल्प डेस्क संचालन गर्दै

  • १७ मंसिर २०७७, बुधबार २२:३९ मा प्रकाशित
  • रियाद/साउदी | प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले नेपाली राजदुतावास रियादको सहयोगमा हेल्प डेस्क संचालन गर्ने भएको छ । साउदीको हायलस्थित क्लासिक रेस्टुरेन्टमा डिसेम्बर ४तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका विदेश संयोजक नारायण पासवानले जानकारी दिनुभयो ।
    संयोजक पासवानका अनुसार कार्यक्रममा दुतावासका प्रतिनिधि जीवन राई को उपस्थिति रहने छ भने हेल्प डेक्स कोरोना महामारीका कारण समस्या झेलिरहेका र दूतावाससम्म ओहोरदोहोर गर्न कठिनाइ हुनेहरूलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएकाे छ । दूतावासले प्रदान गर्ने सेवा सुविधा सेवाग्राहीले स्थानीय स्तरबाटनै सदुपयोग गर्न पाइयोस् भन्ने आसयले हेल्प डेस्कको आयोजना गर्न लागेको संयोजक पासवानको भनाइ छ ।
    अपराह्न १२.३० बजेदेखि संचालन हुने डेस्कमा समस्या राख्न पासपोर्ट, इकाम लगायतका कागजात लिएर आउनुपर्ने आयोजकले जानकारी दिए । आयोजकले डेस्कमा उपस्तिथि हुनेहरूले मास्क र सामाजिक दूरी लगायत कोरोनालाई परास्त गर्ने बिधि अपनाउनुपर्ने जनाइएको छ ।
    यसअघि पिएनसीसीले साउदीको अल कासिममा हेल्प र हेल्थ, जुवेल र दमाममा तथा अल खोबरमा पनि हेल्प डेस्क संचालन गरिसकेकाे छ ।

    Leave a Reply