
युएई ! कोरोना महामारीको समयमा एनआरएनए युएई ले श्रमिक माझ पुर्याएको योगदानलाई मध्यनजर गर्दै दुबई सरकारले एनआरएनए युएइ लाई सम्मानित गरेको छ ।
यस भयावह कोरोना महामारीले विश्व जगतलाई आक्रान्त पारिरहेको समयमा पनि आफ्नो ज्यान र स्वास्थ्यको कुनै प्रवाह नगरी विभिन्न चरणमा गरि महिनौंसम्म दिनरात प्रवासमा रहेर नेपाली श्रमिकहरुको उद्दार तथा सहयोगमा खटेका थिए । यसै कारण नेपाली एसोसिएसन (एनआरएनए)युएई”का साहसी सदस्यहरुलाई दुबई सरकारले उहाँहरुले गरेको योगदानको कदर गर्दै विशेष सम्मान गरेको कुरा युएई एनआरएनए ले आफ्नो पेज बाट जानकारी गराएको छ।
यस्तो प्रकारको सरकारी सम्मानबाट खुशी हुँदै अझै आगामी दिनमा प्रवासमा दु:खमा रहेका नेपाली श्रमिकहरुको उद्दार तथा सहयोगमा थप जोश जाँगर र हौसला उर्जा प्रदान गरेको कुरा एनआरएनए दुबई ले व्यक्त गरेको छ।





