प्रकाश केसीद्वारा रचित एवं सन्ताेष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीति संग्रह ‘गहना’ को समिक्षा घोराहीमा

  • १४ कार्तिक २०७७, शुक्रबार १८:३२ मा प्रकाशित
  • घोराही, १४ कार्तिक
    दङ्गाली गीतकार प्रकाश केसीद्वारा रचित एवं विश्व कीर्तिमानी संगीतकार सन्ताेष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतिसङ्ग्रह ‘गहना’ काे समीक्षा कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ।

    राप्ती साहित्य परिषद्काे अायाेजनामा आयोजित उक्त कार्यक्रम राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता तथा सँस्कृतिविद् डा. गाेविन्द आचार्यको प्रमुख आतिथ्यमा सन्चालन भएको थियो । गीतिसङ्ग्रह ‘गहना’ मा संग्रहित गीतहरुकाे समीक्षा साहित्यकार एवं समालोचक नारायण नेपालले गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि डा आचार्य र अध्यक्ष खनालले गहना गीतिक्षेत्रमा भएको यो महत्वपूर्ण उपलब्धि हाे भएको उल्लेख गरेका थिए । साथै उनीहरुले स्रष्टाहरूप्रति शुभेच्छा समेत प्रकट गरेका थिए ।

    उक्त अवसरमा एल्बमका गीतकार केसी र संगीतकार श्रेष्ठले गीत सिर्जनाका सन्दर्भमा मन्तव्य राखेका थिए ।

    उक्त अवसरमा हालसालै मृत्युवरण गरेका परिषद्का आजीवन सदस्य एवं लाेकगायक मथुरा श्रेष्ठकाे सम्झनामा एक मिनेट माैनधारण समेत गरिएको थियो ।

    कार्यक्रम राप्ती साहित्य परिषद्का केन्द्रीय सदस्य डा. प्रेम याेगीकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण परिषद्का केन्द्रीय उपाध्यक्ष कमलमणि देवकाेटाले गरेका थिए ।

    Leave a Reply