२९ अक्टोबर २०२०,

न्युज 24 टेलिभिजनका सिधा कुरा जनता संग प्रस्तोता रवि लामिछानेको दम्पतिलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लामिछानेले सामाजिक संजाल फेसबुकमा स्टाटस बाट जानकारी गराउदै ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आए पछि हिजो पीसिआर टेष्ट गर्दा, म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ’ ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्ने बताएका छन् । साथै उनले भनेका छन ‘हामी दुबैको स्वास्थ सामान्य छ, ‘घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगर्न पनि सुझाव दिए।

