कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन

  • ४ कार्तिक २०७७, मंगलवार १०:१९ मा प्रकाशित
  • वसन्त अनुभव, गजलकार

    गजल
    कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन ।
    मरणासन्न गरि पिर्‍यौ, थाहै भएन ।

    तिम्रो आगमन विरुद्ध, सचेत थिए म,
    कसरी घाँटी,फोक्सो चिर्‍यौ, थाहै भएन ।

    भोक,स्वाद,गन्ध सबै, पार्‍यौ आफ्नै वशमा,
    कुन जुनिको ऋण तिर्‍यौ, थाहै भएन ।

    थाहा थियो स्वार्थी छौ तिमी, टाढा हुँदै थिए,
    अनायासै कसरी फिर्‍यौ, थाहै भएन ।

    यति क्रूर आततायी, तिमी किन कोरोना,
    राम राज्य गरि हिड्यौ, थाहै भएन ।

    कतिबेला सुटुक्क छिर्‍यौ, थाहै भएन ।
    मरणासन्न गरि पिर्‍यौ, थाहै भएन ।

    घोराही, दाङ

    Leave a Reply