सांसद केसीद्वारा तुलसीपुरमा भ्याली सिद्धार्थ पोलिक्लिनिकको उद्घाटन

  • ३ कार्तिक २०७७, सोमबार २०:०८ मा प्रकाशित
  • तुलसीपुर, दाङ, ३ कार्तिक
    दाङ जिल्लाको सुन्दर नगरी तुलसीपुरमा भ्याली सिद्धार्थ पोलिक्लिनिक प्रा.लि. संचालनमा आएको छ । दाङ क्षेत्र नम्वर ३ का सांसद हिराचन्द्र केसीले सोमबार उक्त पोलिक्लिनिकको उद्घाटन गर्नुएको थियो ।

    उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सांसद केसीले नागरिकको स्वास्थ्यमा कुनै किसिमको लापरबाही वा खेलवाड नगरी जिम्मेवारीपुर्वक गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभयो ।

    भ्याली सिद्धार्थ पोलिक्लिनिक प्रा.लि.का प्रबन्ध निर्देशक कर्ण बहादुर वलीले जनस्वास्थ्यलाई केन्द्रमा राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

    त्यस्तै पोलिक्लिनिकका अध्यक्ष अमित शर्माले पोलिक्लिनिकमा बिशेषज्ञ डाक्टरद्धारा बिरामी चेकजाँच, अप्रेसन, ल्याव लगाएतका सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।

    Leave a Reply