सिरानचोक गाउँपालिकाको कार्यालय यथावत राख्न अन्तरिम आदेश

  • ३ कार्तिक २०७७, सोमबार २१:३२ मा प्रकाशित
  • सर्वोच्च अदालतले गोरखाको सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय तत्कालका लागि छोप्राकबाट सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको छ ।


    सर्वोच्च अदालतका न्यायधीशद्वय मनोजकुमार शर्मा र चुडामणि शर्माको इजलासले विवादित केन्द्रबारे अन्तिम टुंगो नलागेसम्म पालिकाको केन्द्र छोप्राकबाट चित्रेपोखरी नसार्न आदेश जारी गरेको हो ।

    ‘गाउँपालिकाको केन्द्र नेपाल सरकारले तोक्ने व्यवस्था भएको तर सिरानचोक गाउँपालिकाले २०७७।०३।३१ गते निर्णय गरी कार्यालय सार्ने काम गरेकाले सो को काम कारबाही अन्तिम टुंगो नलागेसम्म गाउँपालिकाको केन्द्र यथाअबस्थामा राख्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ’, गत असोज २७ गते जारी गरिएको आदेशमा भनिएको छ ।


    यसअघि वडा नं. ४ छोप्राक मैदानडाँडामा सञ्चालित पालिकाको केन्द्र वडा नं. ५ चित्रेपोखरी स्थानान्तर गर्न गाउँपालिकाले गाउँसभाबाट निर्णय गरी नेपाल सरकारसमक्ष सिफारिस गर्न प्रदेश सरकारलाई पत्राचार गरेको थियो । नेपाल सरकारले सोसम्बन्धी निर्णय नगर्दै कार्यालय चित्रेपोखरी सार्ने प्रक्रिया सुरु गरिएको थियो । दरौंदी खबर बाट।

    Leave a Reply