अजय यादव ,कलैया ,असोज २९ बाराको सदरमुकाम कलैयामा रहेको होटल कलैया ईनमा दुई दिने जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गोष्ठी सुरु भएको छ ।अाव.व.२०७६/०७७ मा बारामा रहेको १६ पालिकाले गरेको गतिविधिको बारेमा समिक्षा गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय बाराको अायोजना उक्त दुई दिने गोष्ठी हुन लागेको हो ।गोष्ठीको पहिलो दिनको समिक्षा गोष्ठी स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश प्रसाद यादवको अध्यक्ष्ातामा भएको हो ।गोष्ठीले पालिकामा भएको कामकाज तथा भईरहेको स्वास्थ्य सम्बन्धि जानकारी हुने स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश प्रसाद यादवले बताउनुभयो ।
अहिले सबै पालिकामा गएको अवस्थामा स्वास्थ्य कार्यालयले समन्वयकारी भूमिका निभाएको प्रमुख यादवको भनाइ रहेको छ ।बार्षिक समिक्षा गोष्ठीमा अाज ३२ जनाको सहभागिता रहेको अायोजक स्वास्थ्य कार्यालय बाराका अधिकृत डा.मुक्तिनारायण साहले बताउनुभयो ।
प्रदेश तथा गैरसरकारी संस्थाको प्रतिनिधिको समेत सहभागिता रहेको अधिकृत साहको भनाइ रहेको छ ।प्रदिप कुमार राउत,रवि भाष्कर ,मोहम्मद साबिर ,सजन पौडेल ,नवलकिशोर यादव लगायत पालिकाका स्वास्थ्य संयोजक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठीमा कार्यक्रम कोडिनेटर नहुदाँ बिना योजना काम भएको सहभागीहरुले बताएका छन् ।


