चोरीको आरोपमा दलित माथि निर्घात कुटपिट भएको घटनाको छानबिन भएन

  • २९ आश्विन २०७७, बिहीबार १९:३८ मा प्रकाशित
  • जनकपुर – महोत्तरीको भंगहामा दुई दलित व्यक्तिमाथि चोरीको आरोपमा निर्घात कुटपिट भएको छ । गत शनिबार भंगाहा नगरपालिका–४ बिर्तामा स्थानीय मल्हु सदा र बिन्देश्वर सदामाथि चोर भन्दै स्थानीय कृपाल महतो र उनका छोरा दिनेशले निर्घात कुटपिट गरेका हुन् ।

    कृपाल महतोको घरमा गत शनिबार करिब २ बजे राति घरको पछाडि भागमा सुरुङ खनी चोरी भएको थियो । घरबाट दिनेश महतोको श्रीमतीको नाकमा भएको सुनको बुलाकी चोरी भएको थियो । उनका श्रीमतीका अनुसार घरमा कोइ नभएका बेला आएको थियो । साथै उनले चोरलाई आफूले राम्रोसँग चिन्न पनि नसकेको बताएकी थिइन् ।

    पीडित बिन्देश्वर मल्हुले भने आफूहरुले चोरी नगरेको बताएका छन् । आफूहरु माछा मार्न गएको र फर्किएपछि करिब ४ बजे बिहान घरभित्रै पसेर उनीहरुले कुटपिट गरेको बताए ।

    आफूहरुलाई मोटरसाइकलमा राखी लगेर बाँधेर निर्घात कुटपिट गरिएको उनले दुखेसो पोखेका छन् । गढीमाई समुदायक हस्पिटल सीतापुरमा उनीहरुको उपचार भइरहेको चिकित्सक अशोक यादवले जानकारी दिए ।

    पीडितहरुले महतो विरुद्ध प्रहरी चौकी सीतापुरमा उजुरी समेत दिएका छन् । अहिले सम्म प्रहरीले घटनाको छानबिन र अपराधीलाई पक्राउ गर्न नसकेको बताइएको छ ।

    श्रोत शिरीष न्युज

    Leave a Reply