
कपिलवस्तु संवाददाता
रौतहट जिल्लाको कटहरियामा एक ब्यक्तिलाई बलात्कार गरेको अभियोगमा प्रहरिले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका वडा नं.१ खोर टोल बस्ने हरि दासको छोरा अन्दाजि बर्ष २५ को ईन्दल दास भएको प्रहरीले जनाएको छ ।
निजलाई सोहि नगरपालिका वडा नं.१ परसवनी टोल बस्ने अन्दाजि बर्ष १५ की एक बालिकालाई जवर्जस्ती बलात्कार गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरेको हो ।
प्राप्त सूचना अनुसार निजले मिति २०७७/०६/१२ गते राती अन्दाजी २१:०० बजेको समयमा उक्त बालिका धारामा पानी लिन गएको अवस्थामा अपहरण गरि धान खेतमा लागि जवरजस्ती करणी गरी फरार भएको बुझिएको छ ।
उक्त सुचना प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गर्ने र सबुत खोज्ने क्रममा अन्दाजी २३:४५ बजेको समयमा घटनास्थलमा गई वारदात स्थल देखि करिब १०० मिटर उत्तर इन्दलको भिजेको हाफपाईन्ट भेटाएको प्रहरीले जनाएको छ ।
निजलाई आजै सम्मानित रौतहट जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप भई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक रवी रावलले बताए ।

