साउदीमा अलपत्र परेका गोबिन्द नेपाली अन्ततः एनआरएनए आरसिसिको पहलमा नेपाल फर्के ।

  • १३ आश्विन २०७७, मंगलवार १७:५४ मा प्रकाशित
  • समर्पण रम्जान

    २९ सेप्टेम्बर २०२०! साउदी अरब ,
    बिगत केही महिना अगाडि देखि विभिन्न समाजिक संजालमा र मिडियामा आएर घर फर्काइदिन गुहार मागिरहेका गोबिन्द नेपाली अन्ततः एनआरएनए आरसिसि साउदी अरबको पहलमा २८ सेप्टेम्बर २०२० का दिन नेपाल फर्किएका छन् ।

    कम्पनीले निकालिएर रोडको बास बस्न बाध्य बनेका र समाजिक संजाल तथा मिडिया मार्फत उद्धारकालागि विभिन्न संघ संस्था र समाजिक संजालद्वारा खान बस्नका लागी गत अप्रिलमा गुहार मागिरहेका गोबिन्दलाई एनआरएनए आरसिसि अल कासिमको समन्वयमा एक मज्रामा काम, खान बस्नलाइ ब्यबस्थापन गरेको थियोे ।

    नेपाल दोलखा जिल्ला घर भएर करिब ४ बर्षदेखि बुरैदा स्थित हदफ अल कासिम फ्याक्ट्रीमा कार्यरत गोबिन्द नेपाली चोरिएको केसमा ४ महिना जेल परेका, र जेल मुक्तका लागि गत मार्च महिनामा दूतावास रियादको अनुरोधमा दूतावास स्वयंसेवक समेत रहेका एनआरएनए साउदीका उपाध्यक्ष बिशाल श्रेष्ठले अल कासिम स्थित विभिन्न निकाय (पुलिस चौकी, अदालत, इमारा) हरुमा गएर केसको सत्य तथ्य बुझेर केस लाई फाइनल गरि घर जाने प्रक्रिया मिलाएका थिए ।
    तर बिगत मार्च बाट साउदीमा रहेको लक्डाउनका कारण तत्काल नेपाल पठाउन असमर्थ हुँदा एक कृषि फार्मका सहयोगी आरसिसि सदस्य रमन थापा सित समन्वय गरि खान बस्न र काम समेत दिने गरि उक्त कृषि फार्ममा ब्यबस्था गरिएको थियो ।
    अहिले कोरोना अबस्था केही समान्य भएसँगै लकडाउन खुले सँगै एनआरएनए आर सि सि अल कासिम तथा नेपाली दूतावासका अल कासिमका लागि स्वयंसेवक तथा एनआरएनए एनसिसि उपाध्यक्ष विशाल श्रेष्ठ को संयुक्त सहयोगमा गोबिन्द नेपाली हिजो २८ सेप्टेम्बरका दिन नेपाल फर्किन सफल भए ।

    Leave a Reply