आज १ हजार ३ सय २५ जना थप कोरोना संक्रमित, संक्रमितहरुको संख्या ६४ हजार १ सय २२ पुग्यो

  • ४ आश्विन २०७७, आईतवार १९:४४ मा प्रकाशित
  • काठमाडौ, ४ असोज
    नेपालमा विगत २४ घण्टामा १ हजार ३ सय २५ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ५६ र महिला ४ सय ६९ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ४ सय ५१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४ सय ०७ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण १० ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ६ जना र पुरुष ४ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ७ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ११ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय ६६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ हजार १ सय ०९ जना, प्रदेश नं. २ मा १२ हजार २ सय ३३ जना, बागमती प्रदेशमा १० हजार ९ सय ४१ जना, गण्डकी प्रदेशमा २ हजार ७ सय ०९ जना, प्रदेश नं. ५ मा ७ हजार २ सय ९५ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ०४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार २ सय ४२ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ४ सय ७८ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४ सय ०७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार २ सय ८९ जना, प्रदेश नं. २ मा ९ सय ९८ जना, बागमती प्रदेशमा ४ हजार ६ सय ०१ जना, गण्डकी प्रदेशमा ३ सय १६ जना, प्रदेश नं. ५ मा ७ सय ५६ जना, कर्णाली प्रदेशमा २ सय ०४ जना, र सुदुरपश्चिम प्रदेशमा २ सय ४३ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार ७१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ सय ०३ जना, प्रदेश नं. २ मा ८ सय ७३ जना, बागमती प्रदेशमा ५ हजार ३ सय ३९ जना, गण्डकी प्रदेशमा ६ सय ८९ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ७७ जना, कर्णाली प्रदेशमा २ सय ५५ जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय ३५ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ४ सय ५१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ३८ जना, प्रदेश नं. २ मा ३ सय ७२ जना, बागमती प्रदेशमा ५ सय ०४ जना, गण्डकी प्रदेशमा ४ सय ३४ जना, प्रदेश नं. ५ मा १ हजार ५ सय ६८ जना, कर्णाली प्रदेशमा ७ सय ३८ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ९७ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ९० रहेको छ । जसमा प्रदेश न.१ मा ९ जना, प्रदेश न. २ मा १६ जना, बागमती प्रदेशमा १ सय २६ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २३ जना, कर्णाली प्रदेशमा ११ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३६ जना रहेका छन । जसमाप्रदेश न.१ मा १ जना, वागमती प्रदेशमा ३३ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, रसुवा, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ९ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ९ लाख ९९ हजार २ सय ९३ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ६१ हजार ५ सय ५८ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड २५ लाख ९० हजार ८ सय ९९ जना रहेको छ ।

    Leave a Reply