देशको अर्थ व्यवस्थाको आलोचना गरेका पाँच अधिकारीलाई उत्तर कोरियामा फासी दिइयो

  • २७ भाद्र २०७७, शनिबार २०:०७ मा प्रकाशित
  • सोल : दक्षिण कोरियाली मिडियाको दावी अनुसार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना पाँच जना अफिसरलाई फासीको सजाय दिएका छन् ।

    देशको अर्थव्यवस्थाबारे सवाल उठाएकै कारण नेता किमले उनीहरुलाई फासी दिएको दिक्षण कोरियाली मिडिया डेली एनकेले जनाएको छ । मिडिया रिपोर्टका आधारमा ती अफिसरले गत जुलाईमा डीनर पार्टीको क्रममा देशको अर्थव्यवस्था र किमको शासन व्यवस्थामाथि टिप्पणी गरेका थिए ।

    यस्तै उनीहरुले शासकलाई व्यवस्था सुधार गर्न सुझाव समेत दिएको बताइन्छ । तर ती अफिसरहरुले टिप्पणी गरेको बारे अरु अधिकारीहरुले नेता किमलाई जानकारी दिएका थिए । सोही घटनापछि किमले उनीहरुलाई माफी माग्न लगाएका थिए । साथै उनीहरुले देशको शासन व्यवस्था कमजोर बनाउन भूमिका खेलेको स्वीकार गरेका थिए । त्यसपछि नै जुलाईको अन्त्यमा उनीहरुलाई फासी दिइएको हो । अन्नपूर्ण पोस्ट ।

    Leave a Reply