आज १ हजार ८१ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४९ हजार २ सय १९ पुग्यो

  • २४ भाद्र २०७७, बुधबार २०:४२ मा प्रकाशित
  • काठमाडौ, २४ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ४३ र महिला ३ सय ३८ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय ८० जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ३ जना रहेका छन । मृत्यु हुनेमा बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा ३ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय १२ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय १८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार १ सय १३ जना, प्रदेश नं. २ मा ९ हजार ७ सय १३ जना, बागमती प्रदेशमा ५ हजार ९७ जना, गण्डकी प्रदेशमा २ हजार ३८ जना, प्रदेश नं. ५ मा ५ हजार ९ सय १९ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय १० जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५ हजार २५ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ६२ जना, प्रदेश नं. २ मा २ हजार ५ सय जना, बागमती प्रदेशमा २ हजार ४ सय ६६ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ८ सय ९५ जना, कर्णाली प्रदेशमा ८४ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ३० जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ९ सय ८८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ५ सय ०५ जना, प्रदेश नं. २ मा ३ सय ७४ जना, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ जना, गण्डकी प्रदेशमा ७ सय ३३ जना, प्रदेश नं. ५ मा ७ सय १३ जना, कर्णाली प्रदेशमा २ सय ७५ जना, र सुदुरपश्चिम प्रदेशमा ६ सय १६ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५ हजार ४ सय ८० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ८४ जना, प्रदेश नं. २ मा ५ सय ७४ जना, बागमती प्रदेशमा ४ सय ८६ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार ९३ जना, कर्णाली प्रदेशमा ५ सय ५९ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार १ सय ९० जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६२ रहेको छ । जसमा प्रदेश न.१ मा ५ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २२ जना रहेका छन । जसमा वागमती प्रदेशमा २१ जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा सुनसरी, सर्लाही, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ७७ लाख ५३ हजार १ सय ६८ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख ०९ हजार ८ सय ६४ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख ०२ हजार १ सय ०८ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ९८ लाख ४१ हजार १ सय ९६ जना रहेको छ ।

    Leave a Reply