
काठमाडौ, १९ भाद्र
नेपालमा विगत २४ घण्टामा १ हजार ३ सय ५९ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ९५ र महिला ४ सय ६४ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५ सय ६१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ०४ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना र होम आइसोलेसनमा ७ हजार ४ सय ६२ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण १४ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ४ जना र पुरुष १० जना रहेका छन । हालसम्ममा मृत्यु हुनेको संख्या भने २ सय ७१ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ३ सय ५४ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या २५ हजार ५ सय ६१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ०१ जना, प्रदेश नं. २ मा ७ हजार ३ सय ५७ जना, बागमती प्रदेशमा २ हजार ६७ जना, गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना, प्रदेश नं. ५ मा ५ हजार २ सय ७६ जना, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ०६ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १८ हजार ४ सय ०४ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ४ सय ६२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ३८ जना, प्रदेश नं. २ मा ३ हजार ७ सय ५७ जना, बागमती प्रदेशमा २ हजार ३ सय १५ जना, गण्डकी प्रदेशमा ४३ जना, प्रदेश नं. ५ मा ४ सय १९ जना, कर्णाली प्रदेशमा ३९ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ५१ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या १० हजार ९ सय ४२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय १६ जना, प्रदेश नं. २ मा ७ सय ५२ जना, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ जना, गण्डकी प्रदेशमा ७ सय ८० जना, प्रदेश नं. ५ मा १ हजार २ सय ५६ जना, कर्णाली प्रदेशमा ४ सय ६१ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ०२ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ५ सय ६१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ९३ जना, प्रदेश नं. २ मा ५ सय ४३ जना, बागमती प्रदेशमा ४ सय ४४ जना, गण्डकी प्रदेशमा २ हजार ३ सय ९९ जना, प्रदेश नं. ५ मा ८ सय ७७ जना, कर्णाली प्रदेशमा २ सय ४४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार १ सय ६१ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ५१ रहेको छ । जसमा प्रदेश न.१ मा ५ जना, प्रदेश न. २ मा २८ जना, बागमती प्रदेशमा ९० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना र कर्णाली प्रदेशमा ३ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २६ जना रहेका छन । जसमा प्रदेश नं.१ मा ३ जना र वागमती प्रदेशमा १९ जना र प्रदेश नं. ५ मा ४ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा सोलुखुम्बु, मुगु, ताप्लेजुङ, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला १२ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ६५ लाख ०२ हजार ४ सय ३७ रहेको छ भने सक्रिय संक्रमित संख्या ६९ लाख ४४ हजार ४ सय ३५ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ७३ हजार ८ सय ०३ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ८६ लाख ८४ हजार १ सय ९९ जना रहेको छ ।

