पर्सा जिल्लामा दलित युवाको हत्याको विरुद्धमा जुलुस, प्रदर्शन तथा सभा कार्यक्रम

  • १६ भाद्र २०७७, मंगलवार १६:०९ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज भादौ १६

    पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पांचगावमा संयुक्त दलित संघर्ष समितिको आयोजनामा आज जुलूस ,सभा तथा प्रदर्शन भएको छ।

    रौतहट जिल्लाको गरुडा इलाका प्रहरी कार्यालयको हिरासतमा विजय महरालाई चरम शारीरिक यातना दिएर हत्या गर्ने डी.एस.पी ज्ञानकुमार महतो माथि यातना र ज्यान सम्बन्धि कसुरको जाहेरी दर्ता गर, डी.एस.पी.लाई निलम्बन गर, डी.एस.पी.समेतलाई पक्राउ गरेर अनुसन्धान गर, यातना र ज्यान सम्बन्धि कसुर मुद्दा जिल्ला अदालत रौतहटमा मुद्दा दायर गर, आरोपीहरुलाई जन्म कैद गर, पीडितलाई क्षतिपूर्ति देऊ ,निरन्जन रामको हत्या गर्ने वास्तविक अपराधीहरुलाई पक्राउ गरी कारवाही गर, निर्दोषलाई रिहा गर, पीडित परिवारलाई क्षतिपूर्ति देउ मागँको साथ नारा तथा जुलुस प्रदर्शन गरिएको छ।

    रौतहटस्थित गरुडा नगरपालिका ८ जिगडियामा रहेको सच फलफूल नर्सरीमा काम गर्ने २० वर्षीय निरञ्जनको हत्यामा संलग्न रहेकाे आरोपमा २० वर्षीय विजयरामकाे उपचारको क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएकाे थियो।

    साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेर गाँउछेउमा शव फालिएको थियो। मृतकको शव हाल शिक्षण अस्पताल काठमाडौंमै रहेको छ।

    प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ का बिवेक यादव, १९ का अर्जुन राम, १९ का सिकिन्द्र राम, २० का विजयराम चमार, शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो।

    शेख आजादको परिवारका एकजना महिलासँग अबैधसम्बन्ध रहेकै कारण योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गराएको प्रहरीको निस्कर्ष रहेको छ।

    पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै गत १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले सातैजनामाथि ज्यान सम्बन्धी मुद्धा दायर गरेर जिल्ला अदालतबाट म्यादसमेत थपेर सोही दिन सार्वजनिक गरेका थिए।

    उता सार्वजनिक भएको भोलिपल्टदेखी नै विजयका परिवार तथा पीस फर दलित फाउन्डेसनल पर्साका अध्यक्ष मनोज रामकाे नेतृत्वमा बिरोधमा प्रदर्शन गर्दै आएकाे थियाे।

    मृतक विजयरामका बुवा पनिलाल राम चमारले आरोपीलाई बचाऊँ गरेर प्रहरीले निर्दोषलाई पक्राउ गरिएको दावी गरेका थिए । उनले पक्राउ परेका आफ्ना छोरालाई कुटपिट गरेर प्रहरी घाइतेसमेत बनाएको र उपचारका लागि वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा राखेको थियो।

    उनको अवस्था बुझ्न अस्पताल पुगेका आफन्तजन, सहयोगी तथा अभियन्ता कसैलाई भेटघाट गर्न समेत दिएका थिएन। पीस फ़ॉर दलितस फाउंडेसनका अध्यक्ष मनोज राम आरोप लगाइएको थिए।

    रौतहटको गरुडा नगरपालिकाको प्रहरीले बिजय चमारलाई जबर्जस्ती कबुल गराउनको लागि अत्यधिक बुट र खुट्टाले कुटपिट गरेकोले उहाँको मृगौला खराव भएर बिजय
    चमारको मृत्यु भएको हो, अध्यक्ष राम आरोप लगाएको थियो।

    प्रारम्भिक रिपोर्टले पनि कूटपिटका कारण मृगौल खराब भएर मृत्यु भएको देखाएको थियो।

    जुलूस तथा प्रदर्शन ल कार्यक्रममा दलित अगुवा लाल बिहारी राम , हरिलाल राम, शुबा राम, महिन्द्र राम, शिवनारायण राम, नन्दलाल राम, दिपेन्द्र राम, परमानन्द राम , पहलाद राम, धुरी राम र पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा सामाजिक अभियान्ता मनोज रामले आ-आफ्नो भनाई र सलाह सुझाव समेत दिएको थियो।

    यस जूलूस तथा सभा कार्यक्रम सँगै संयुक्त दलित संघर्ष समिति पर्सा गठन गरिएको छ।

    पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा सामाजिक अभियान्ता मनोज रामले कार्यक्रम संचालन गरेको थिए।

    Leave a Reply