
रौतहट २० बर्षीय बिजय रामको मृत्यु काण्डमा प्रहरी निरीक्षक सहित तीन प्रहरी निलम्बित भएका छन।
रौतहटको गरुडा इलाका प्रहरी कार्यालयको हिरासतमा रहेको बिजय रामलाई चरम यातना दिएको कारण मृत्यु भएको भन्दै प्र.नि नविन कुमार सिंह सहित ३ प्रहरी निलम्बनमा परेका छन।
गरुडा न.पा.वडा नं.८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० को निरन्जन रामलाई घाँटी काटी कर्तव्य गरी मारेको घटनाको अनुसन्धानमा ईलाका प्रहरी कार्यालय गरुडाले पक्राउ परेका विजय महरा समेतको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यालयका प्र.नि नविन कुमार सिंह, प्र.ह. हिरोज मियाँ धुनिया र प्र.ह. मन्नु कुमार सिंहको सहभागिता थियो।
उक्त घट्नाको सम्बन्धमा प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्वन गरि दिन हुन भनि जिल्ला प्रहरी कार्यालय, रौतहटको अनुरोध वमोजिम प्र.नि. नविन कुमार सिंहलाई गृह मन्त्रालय (सचिवस्तर) को मिति २०७७।०५।१५ गतेको निर्णयानुसार श्री गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाको च.नं.८९ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्म ६ महिना अवधिको लागि निलम्वन गरिएको छ ।
साथै प्रहरी हवल्दार हिरोज मियाँ धुनिया र मन्नु कुमार सिंहलाई २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाको च.नं.३२५ मिति २०७७।०५।१५ गतेको पत्रले प्रहरी निमावली २०७१ नियम ११५ को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि समेत निलम्वन गरिएको रौतहटका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

