
उमेश कुशवाहा
बीरगंज १५ भादौ
वडा प्रहरी कार्यालय श्रीपुर प्रहरीले बिभिन्न मिति र समयमा अवैध रूपमा भन्सार छली गरि लियाएको बिभिन्न समानहरु बरामद गरिएको समान बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।
वडा प्रहरी कार्यालय श्रीपुर बाट खटिएको प्रहरी टोलीले १लाख ५० हजार मुल्य बराबरको कास्मेटिक ,लता कपड़ा,हाडबेयर,मोटर को समान बरामद गरिएको प्रहरी निरीक्षक दिपक कुमार साहले बताउनु भयो ।
भन्सार चोरी पैठारी गरी अवैध रूपमा नेपाल तर्फ भित्रयाईएको विभिन्न ब्रांड का लत्ता कपडाहरू,कास्मेटिक,हाडबेयर,मोटरको समान बरामद भएको प्रहरी निरीक्षक साहले जानकारी दिनु भयो ।

बरामद गरिएको समानहरूलाई बीरगंज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

