आज थप ६ सय ८१ नयाँ कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुग्यो

  • ३ भाद्र २०७७, बुधबार १८:२८ मा प्रकाशित
  • काठमाडौ, ३ भाद्र
    नेपालमा विगत २४ घण्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट १३ हजार ५ सय २२ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख ५४ हजार ३ सय ८८ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार ५ सय ७१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८७ जना र होम आइसोलेसनमा ३ हजार १ सय ३१ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय २० पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय २० रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ४४ जना, प्रदेश नं. २ मा ३ हजार ७ सय ९३ जना, बागमती प्रदेशमा ७ सय २४ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय ६८ जना, प्रदेश नं. ५ मा ४ हजार २ सय ९० जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ६१ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार २ सय २० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ११ हजार १ सय १८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ३ हजार १ सय ३१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ सय ०५ जना, प्रदेश नं. २ मा २ हजार ५ सय ४५ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा २७ जना, प्रदेश नं. ५ मा २ सय ०४ जना, कर्णाली प्रदेशमा ११ जना, र सुदुरपश्चिम प्रदेशमा २८ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ९ सय ८७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ६० जना, प्रदेश नं. २ मा २ हजार ३७ जना, बागमती प्रदेशमा २ हजार ६ सय ८९ जना, गण्डकी प्रदेशमा २ सय ८८ जना, प्रदेश नं. ५ मा ८ सय ३८ जना, कर्णाली प्रदेशमा २ सय ४५ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय ३० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १३ हजार ५ सय ७१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार १ सय १६ जना, प्रदेश नं. २ मा १ हजार ४ सय ८५ जना, बागमती प्रदेशमा ९ सय ४९ जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ०२ जना, प्रदेश नं. ५ मा १ हजार ९ सय ३१ जना, कर्णाली प्रदेशमा ६ सय २३ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ र मनाङ रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड २३ लाख ३९ हजार ९ सय ०९ रहेको छ भने सक्रिय संक्रमित संख्या ६४ लाख ८१ हजार ३ सय ५६ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ८५ हजार ६७ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ५० लाख ७३ हजार ४ सय ८६ जना रहेको छ ।

    Leave a Reply