पर्साको बहुदरमाई नपामा ८९ जना सहित,पर्सामा ११७ जना कोरोना संक्रमित पुस्टि

  • ३ भाद्र २०७७, बुधबार १७:५७ मा प्रकाशित
  • उमेश कुशवाहा

    बीरगंज ०३ भदौ पर्सा जिल्लामा बिगत केहि दिन देखी कोरोना कहरका का कारण हट स्पॉट भन्दै गईरहेको छ।

    हट स्पॉट भन्दै गए पछि नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई सघाउन पर्साको बीरगंजमा नेपाली सेना समेत परिचालन गरिएको छ।

    आज पर्सामा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    नारायणी अस्पतालको प्रगोगशालामा मंगलबार गरिएको पीसीआर परिक्षणमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालले जनाएको छ l

    तीमध्ये चार जना बारा र एक जना सप्तरीका छन् । नारायणी अस्पतालका चिकित्सक डा. नीरजकुमार सिंहका अनुसार ३५ महिलासहित १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    तिमध्य आज बिहान थपिएका कोरोना संक्रमित मध्ये ८९ जना पर्साको बहुदरमाई नगरपालिकाको स्थानीय रहेको जनाईएको छ ।

    गत श्रावण ३१ गते बैरिया बिर्ता र भौराटारमा गरिएको स्वाब संकलन मध्ये बहुदरमाई नगरपालिका वडा ५ भौराटारका मात्र ६४ जना रहेको जिल्ला बिपत ब्यवस्थापन समिति पर्साले जानाएको छ ।

    यसै गरी सोही नगरपालिकाको वडा २ बैरियाबिर्तामा २०जना ,नगरदाहामा ४ जना र गम्हारियामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ l

    यसै गरी पर्साको जिराभवानी गाउँपालिकामा ४ र छिपहरमाईमा एक जना संक्रमित थपिएका छन् ।

    वीरगन्ज महानगरपालिकाको नगवा, ।घडीअर्वा, छपकैया, ताजपुर, बहुअरी, गण्डक, चन्डाल चौक, भिस्वा, रेसमकोठी, मुर्लीमा पनि संक्रमित थपिएका जिल्ला बिपत ब्यावस्थापन समिति पर्साले जनाएको छ ।

    बारा स्थित चन्दन गणका चार जनामा संक्रमण पुष्टि भएको छ ।

    Leave a Reply