लकडाउनका कारण भरतपुर आजदेखि जनजिवन ठप्प

  • ३१ श्रावण २०७७, शनिबार ११:३६ मा प्रकाशित
  • भरतपुर । भरतपुर महानगरपालिका क्षेत्र शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएसँगै जनजीवन ठप्प भएको छ । 

    अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 

    जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरेको हो । 

    प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

    आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने उनले बताए । भरतपुर महानगरमा गएको चार दिनमा ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

    निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा  अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् ।

    अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । 

    निषेधाज्ञा जारी भएसँगै भरतपुरमा अहिले नेपाली सेना समेत परिचालन गरिएकाे बताइएकाे छ ।

    तस्विर : नबिन मियाँ / भरतपुर

    सिभिल खबर बाट साभार

    Leave a Reply