
काठमाडौ, ३१ साउन
नेपालमा विगत २४ घण्टामा ४ सय ६८ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ११ हजार ४७ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ५ लाख ५ हजार ६ सय ६० जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण ३ ब्यक्तिको मृत्यु पुष्टि भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने १ सय २ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय २४ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ०१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ०८ जना, प्रदेश नं. २ मा ३ हजार ५ सय ४५ जना, बागमती प्रदेशमा ६ सय ४१ जना, गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना, प्रदेश नं. ५ मा ४ हजार २ सय ८६ जना, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार १ सय ६३ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ८ हजार १ सय ९३ रहेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा ८ सय ५४ जना, प्रदेश नं. २ मा ३ हजार ८ सय २७ जना, बागमती प्रदेशमा २ हजार ०२ जना, गण्डकी प्रदेशमा २ सय ६२ जना, प्रदेश नं. ५ मा ७ सय ३६ जना, कर्णाली प्रदेशमा २ सय २५ जना, र सुदुरपश्चिम प्रदेशमा ८ सय १० जना रहेको छ ।
त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या ५ सय २३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ सय १५ जना, प्रदेश नं. २ मा ९८ जना, बागमती प्रदेशमा १ सय ०५ जना, गण्डकी प्रदेशमा ० जना, प्रदेश नं. ५ मा ९० जना, कर्णाली प्रदेशमा ८ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ०७ जना रहेको छ ।
त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा पुरुष ९ जना, प्रदेश नं. २ मा पुरुष ३३ र महिला ११ गरि ४४ जना, बागमती प्रदेशमा पुरुष १३ र महिला ५ गरि १८ जना, गण्डकी प्रदेशमा पुरुष ६ जना, प्रदेश नं. ५ मा पुरुष १० र महिला ३ गरि १३ जना, कर्णाली प्रदेशमा पुरुष ४ जना, र सुदुरपश्चिम प्रदेशमा पुरुष ५ र महिला ३ गरि ८ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ७ सय १३ जना, प्रदेश नं. २ मा १ हजार ७ सय जना, बागमती प्रदेशमा १ हजार ६४ जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ८३ जना, प्रदेश नं. ५ मा २ हजार ७३ जना, कर्णाली प्रदेशमा ७ सय ६० जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार १ सय ५५ जना रहेको छ ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा डोल्पा, हुम्ला, मुस्ताङ, मनाङ र संखुवासभा रहेका छन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड १३ लाख ५७ हजार ८ सय ९० रहेको छ भने सक्रिय संक्रमित संख्या ६४ लाख ४२ हजार ७ सय ३७ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ७ लाख ६३ हजार ३ सय ८७ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ४१ लाख ५१ हजार ७ सय ६६ जना रहेको छ ।

