सङ्गीतकार सन्तोष श्रेष्ठ आफ्नै गृह जिल्ला दाङमा सम्मानित

  • १७ श्रावण २०७७, शनिबार २१:३३ मा प्रकाशित
  • वसन्त अनुभव

    दाङ घोराही/ १७ श्रावण
    विश्व कीर्तिमान कायम गरि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउन सफल सङ्गीतकार सन्तोष श्रेष्ठलाई उनकै गृह जिल्ला दाङमा सम्मान गरिएको छ ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङ तथा गजल अभियान दाङकाे संयुक्त अायाेजनामा शनिबार उनलाई सम्मान एवं बधाई ज्ञापन गरिएको थियो ।

    हालै उनले विश्वमा प्रचलित १२ वटा फरक भाषामा पहिलोपटक गीत सङ्गीत गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ बाट सम्मान प्राप्त गरेका थिए ।

    उनले नेपाली वरिष्ठ गीतकार‌ डा. डी.अार. उपाध्यायद्वारा रचित गीतमा विभिन्न भाषामा संगीत भरेका थिए । उनको उक्त गीतमा प्रकाश तिमल्सिना, सागर अधिकारी र स्वयं गीतकार उपाध्याय लगायतका गायकहरुकाे स्वर रहेकाे छ ।

    उक्त गीत नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन,काेरियन,फेन्च,स्पेन, इटालियन, जर्मन र थाई भाषामा रहेको छ ।

    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकाेटाकाे अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा अग्रज साहित्यकार उत्तमकृष्ण मजगैयाँ तथा विशिष्ट अतिथिका रुपमा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल रहेका थिए ।

    सो अवसरमा उपस्थित सम्पुर्ण अतिथीहरुहरुले संगीतकार श्रेष्ठ प्रती सम्मान प्रकट गर्दै उनले समग्र राष्ट्रकै गौरव बढाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै उनको सांगीतिक यात्रा अझै सफल बनोस भनेर शुभकामना ब्यक्त गरेका थिए ।

    आयाेजक अर्काे संस्था गजल अभियान दाङका अध्यक्ष प्रवल विष्टकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गीतकार प्रकाश के.सी.ले गर्नुभएको थियो ।

    Leave a Reply