आज थप २ सय ७४ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो

  • १५ श्रावण २०७७, बिहीबार १९:४२ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, १५ साउन
    नेपालमा विगत २४ घण्टामा २ सय ७४ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
    सुनसरीका २ जना

    कोशी अस्पताल विराटनगर प्रयोगशाला
    झापाका १ जना
    उदयपुरका २ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    झापाका ३ जना
    सर्लाहीका १ जना
    मोरङका २ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
    धनुषाका १४ जना
    नवलपरासीका १ जना
    महोत्तरीका ४ जना

    नारायणी अस्पताल वीरगञ्ज
    बाराका ६ जना
    पर्साका ४७ जना

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु
    भक्तपुरका ५ जना
    काठमाडौंका १९ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
    बाराका ५ जना
    गोरखा १ जना
    महोत्तरी १ जना
    सर्लाही १ जना
    दोलखा १ जना
    चितवनका १ जना
    काठमाडौंका १३ जना
    रौतहटका २ जना
    सप्तरीका २ जना

    भरतपुर अस्पताल प्रयोगशाला चितवन
    नवलपरासी पूर्वका ४ जना

    किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडा
    अर्घाखँची १ जना
    कपिलवस्तुका १ जना
    प्युठानका २ जना

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं
    बाराका १ जना
    दाङका १ जना
    धादिङका ४ जना
    काठमाडौंका ४ जना
    खोटाङका १ जना
    नुवाकोटका २ जना
    पर्सा १ जना
    सर्लाहीका २ जना
    स्याङजाका १ जना

    नेपाल प्रहरी अस्पताल प्रयोगशाला
    काठमाडौंका ३ जना

    स्टार अस्पताल प्रयोगशाला सानेपा
    काठमाडौं २ जना
    ललितपुरका २ जना
    महोत्तरी १ जना
    पर्साका १ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
    लमजुङका १ जना
    कास्कीका १२ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरा /प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
    बागलुङका ६ जना
    कास्की २ जना
    लमजुङका २ जना
    तनहुँका ३ जना
    स्याङजाका ११ जना
    नवलपरासी पूर्वका १ जना

    भेरी अस्पताल नेपालगञ्ज
    नवलपरासी पूर्वका १ जना
    बाँकेका २० जना
    बर्दियाका ८ जना
    दाङका २ जना
    कञ्चनपुर १ जना
    प्युठान १ जना
    सर्लाहीका १ जना
    सुर्खेतका २ जना

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
    रुपन्देहीका १ जना

    सुर्खेत प्रादेशिक अस्पताल / पशुपछी रोग अन्वेषण प्रयोगशाला सुर्खेत
    मुगुका १ जना
    सल्यानका ३ जना
    सुर्खेत ७ जना

    दैलेख आरटी पिसिआर प्रयोगशाला
    दैलेखका १० जना

    चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाल रुकुम पश्चिम
    जाजरकोटका १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला
    डडेल्धुराका २ जना

    सेती प्रादेशिक अस्पताल / पशुपछी रोग अन्वेषण प्रयोगशाला धनगढी
    दार्चुलाका १ जना
    कैलालीका ५ जना
    कञ्चनपुरका १ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ६ हजार ३ सय ४ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १३ हजार २ सय १ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ४७ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण १ जना ब्यक्तिको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ५२ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय २७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय २९ जना, प्रदेश नं. २ मा ३ हजार ७५ जना, बागमती प्रदेशमा ५ सय २४ जना, गण्डकी प्रदेशमा १ हजार २ सय ३० जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय १८ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ९९ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ९ सय ७३ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार २ सय ४७ रर्हेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा १ सय ९६ जना, प्रदेश नं. २ मा २ हजार १३ जना, बागमती प्रदेशमा ५ सय ३३ जना, गण्डकी प्रदेशमा ३ सय ३० जना, प्रदेश नं. ५ मा ४ सय ३१ जना, कर्णाली प्रदेशमा ३ सय १३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ३१ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. १ मा १ जना, प्रदेश नं. २ मा १५ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १३ हजार २ सय १ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४ सय ९० जना, प्रदेश नं. २ मा १ हजार ७ सय ८१ जना, बागमती प्रदेशमा ९ सय ६० जना, गण्डकी प्रदेशमा ३ हजार २ सय ६६ जना, प्रदेश नं. ५ मा १ हजार ७ सय ८७ जना, कर्णाली प्रदेशमा ५ सय ८२ जना, र सुदुरपश्चिम प्रदेशमा ३ हजार ३ सय ३५ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ७२ लाख १२ हजार ८ सय ५३ रहेको छ भने सक्रिय संक्रमित संख्या ५८ लाख १५ हजार ७ सय ४९ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ७० हजार ९ सय ०३ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ०७ लाख २६ हजार २ सय ०१ जना रहेको छ ।

    Leave a Reply