प्रदेश २ मा प्रदेश सरकार द्वारा कोरोना महामारी नियन्त्रणलागि थप सात करोड़ निकासा

  • १५ श्रावण २०७७, बिहीबार १७:५० मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज साउन १५ प्रदेश नं.२ मा कोरोना महामारी त्रास बढन थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ ।


    मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड हस्पीटल निर्माण तथा हाल संचालनमा रहेका आइसोलेशनहरुको थप व्यवस्थापन, विरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागी सात करोड निकासा गरेको हो ।


    आजको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५÷७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५०÷५० लाख निकासा गरिएको छ ।

    आवश्यकताको आधारमा जिल्लाहरु बाट मांग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

    Leave a Reply