
दाङ,१४ साउन
अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर दाङमा २ जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका वडा नं.५ साकिने निवासी २४ वर्षीय बाटुली नेपाली र उनको २ वर्षीय छाेरी आयुष्मा नेपाली रहेका छन ।
प्राप्त जानकारी अनुसार भारी वर्षाका कारण गएराती करिब ३ बजे तिर घरमाथिको कान्ला भत्किएर आएको पहिरोले घर पुरिदा निजहरूको मृत्यु हुन पुगेको थियो ।

