गजल

  • १४ श्रावण २०७७, बुधबार ०९:४८ मा प्रकाशित
  • भुपेन्द्र शाही

    दिल पनि रारा जस्तै छल्कि दिन्छ किन
    जवानी झन पत्तै नपाई ढल्कि दिन्छ किन

    निभ्ने त कुरै छैन झन झन वढदै जान्छ
    डढेलो यो दिल भरि सल्कि दिन्छ किन

    समयनै निष्ठुर भए कस्को के नै लाग्छ
    निष्ठुरिकै यादमा प्रेम झल्कि दिन्छ किन

    यादहरुकै भारि वोकि कति यात्रा गर्नु
    हिमालझै तिम्रो माया अल्कि दिन्छ किन!

    Leave a Reply