वसन्त अनुभव

काठमाडौं, १३ साउन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेमा बझाङका ६५ वर्षीय पुरुष रहेको र निजको साउन ९ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमण देखिएका ४९ जनाको मृत्यु भएको छ।
निज मृतक पुरुष असार २५ गते भारतको बैङ्गलोरबाट आफ्नो घर बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नम्बर ३ मा आएका थिए । उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम रोगबाट ग्रसित भएको मन्त्रालयको जनाएको छ।

