आज थप ३ सय ११ जना कोरोना पोजेटिभ, कुल संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

  • १३ श्रावण २०७७, मंगलवार १८:४४ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, १३ साउन
    नेपालमा विगत २४ घण्टामा ३ सय ११ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    विगत २४ घण्टामा भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    कोशी अस्पताल विराटनगर प्रयोगशाला
    झापाका २ जना
    मोरङका १६ जना

    प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर
    झापाका १ जना
    ओखलढुङगाका १ जना
    मोरङका १ जना

    गजेन्द्र नारायण सिंह अस्पताल राजविराज
    सप्तरीका १५ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर
    धनुषाका ८ जना
    महोतरीका ८ जना

    नारायणी अस्पताल वीरगञ्ज
    बाराका १ जना
    इलामका १ जना
    पर्साका १३ जना

    राष्ट्रिय प्रयोगशाला टेकु
    भक्तपुरका १ जना
    कपिलवस्तुका ३४ जना
    काठमाडौंका ११ जना
    नुवाकोटका १ जना
    सिन्धुपाल्चोकका ४ जना

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
    दाङका १ जना
    गोरखाका १ जना
    काठमाडौंका ९ जना
    ललितपुरका १ जना
    रामेछापका १ जना

    भरतपुर अस्पताल भरतपुर
    नवलपरासी पूर्वका १ जना

    पाटन अस्पताल प्रयोगशाल
    धनुषाका १ जना
    पर्साका १ जना
    ललितपुरका १ जना
    सर्लाहीका १ जना

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
    नवलपरासीका १ जना
    काठमाडौंका १ जना

    नेपाल प्रहरी अस्पताल प्रयोगशाला महाराजगञ्ज
    काठमाडौंका २१ जना

    स्टार अस्पताल सानेपा
    काठमाडौंका ६ जना
    ललितपुरका २ जना

    प्रादेशिक क्षयरोग केन्द्र प्रयोशाला पोखरा
    कास्कीका २ जना
    लमजुङका २ जना
    स्याङ्जाका १८ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही
    बाराका ४ जना
    रौतहटका १ जना
    मकवानपुरका १ जना

    भेरी अस्पताल प्रयोगशाल नेपालगञ्ज
    दाङका ५ जना
    बाँकेका ३ जना

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल प्रयोगशाल
    नवलपरासी पूर्वका ५ जना
    रुपन्देहीका २ जना

    सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाल
    सुर्खेतका ३ जना

    दैलेख रियल टाइम पिपिसआर प्रयोगशाल
    दैलेखका १ जना

    डडेल्धुरा प्रयोगशाला अस्पताल
    बझाङका ३ जना
    डोटीका २९ जना

    सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशाला
    अछामका १६ जना
    दार्चुलाका १ जना
    डोटीका २३ जना
    कैलालीका १८ जना
    कञ्चनपुरका १ जना

    बिगत २४ घण्टामा नेपालका विभिन्न प्रयोगशालामा RT-PCR बिधिबाट ५ हजार ३२ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार ३ सय ३१ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३९ जना रहेको छ । विगत २४ घण्टामा कोरोनाका कारण १ जना ब्यक्तिको मृत्यु भएको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४९ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ सय २१ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ८९ जना, प्रदेश नं. २ मा ३ हजार १४ जना, बागमती प्रदेशमा ५ सय १८ जना, गण्डकी प्रदेशमा १ हजार २ सय १७ जना, प्रदेश नं. ५ मा ३ हजार ९ सय १० जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ८ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय १९ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या ५ हजार १ सय ३९ रर्हेको छ । प्रदेश अनुसारको विवरण यसप्रकार रहेको छ । प्रदेश नं. १ मा २ सय १७ जना, प्रदेश नं. २ मा १ हजार ९ सय २२ जना, बागमती प्रदेशमा ४ सय ६१ जना, गण्डकी प्रदेशमा २ सय ६० जना, प्रदेश नं. ५ मा ३ सय ९९ जना, कर्णाली प्रदेशमा ३ सय ७९ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ५ सय ०१ जना रहेको छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा १३ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या १५ हजार ३ सय ३१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ९ सय ६३ जना, प्रदेश नं. २ मा १ हजार ९ सय ६० जना, बागमती प्रदेशमा १ हजार १ सय ५४ जना, गण्डकी प्रदेशमा ३ हजार १ सय ८२ जना, प्रदेश नं. ५ मा १ हजार ९ सय ७१ जना, कर्णाली प्रदेशमा ६ सय ७४ जना, र सुदुरपश्चिम प्रदेशमा ४ हजार २ सय २७ जना रहेको छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा भोजपुर, मुस्ताङ, मनाङ, संखुवासभा र रसुवा रहेका छन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या १ करोड ६६ लाख ८७ हजार १ सय ११ रहेको छ भने सक्रिय संक्रमित संख्या ५७ लाख ५८ हजार ९ सय ८० रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ६ लाख ५७ हजार ४ सय ०२ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ०२ लाख ७० हजार ७ सय २९ जना रहेको छ ।

    Leave a Reply