काठमाडौं, ११ साउन । पूर्व डिआइजी) रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि परेको पुनरावेदन निवेदन न्यायाधीशत्रय वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीले हेर्ने भएका छन् ।
आफैले गरेको निर्णयका विरुद्धमा परेको पुनरावेदन निवेदको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैले तोकेका हुन् । अव निवेदन माथि तीन न्यायधिसले सुनुवाइ गर्नेछन् ।
प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैद चर्को पर्ने लगाएतका कारण देखाउदै कोइरालाको कैद ८ बर्ष ६ महिना कायम गरेपछि महान्यायधिवक्ताको कार्यालयले पुनरावेदनको माग गर्दै निवेदन दर्ता गराएको थियो ।
सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।


