आज मध्याहन्न सम्म सडक सुचारु हुन सक्ने

नारायणगढ – मुग्लिन सडक खण्डमा पनि ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त सडक खण्डको भरतपुर महानगरपालिका – २९ स्थित बालुवाटारमा पुल नजिक (१५ किलो)मा ठूलो पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार उक्त सडक आज मध्यान्हसम्म खुलाउने गरी काम भइरहेको छ। ‘आज मध्यान्हसम्म सडकमा सवारी आवतजावत हुन मिल्नेगरी काम भइरहेको छ,’ भट्टराईले भने, ‘अवरुद्ध भएको सडक स्काभेटर र लोडरको सहायताले खुलाउने प्रयास सुरु भएको छ।’


