कोरोना अपडेट – आज थप १०१ जना कोरोना पोजेटिभ, संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुग्यो

  • २ श्रावण २०७७, शुक्रबार २१:११ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौ, २ साउन
    नेपालमा विगत २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन। आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
    भक्तपुर – २ जना
    नुवाकोट – २ जना

    वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    सप्तरी – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
    झापा – १ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
    धनुषा – ८ जना

    भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
    बर्दिया – १० जना
    दाङ – ५ जना
    रोल्पा – १३ जना

    कोशी अस्पताल प्रयोगशाला, विराटनगर
    झापा – १ जना
    मोरङ – २ जना

    नारायणी अस्पताल प्रयोगशाला, विरगन्ज
    बारा – १ जना
    पर्सा – २ जना

    धुलिखेल अस्पताल प्रयोगशाला, धुलिखेल
    काभ्रेपलान्चोक – १ जना

    लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला, बुटवल
    रुपन्देही – १ जना

    चौरजहारी न.पा. पिसिआर प्रयोगशाला, चौरजहारी रुकुम पश्चिम
    सल्यान – १ जना
    रुकुम पश्चिम – १ जना

    डडेल्धुरा अस्पताल प्रयोगशाला, डडेल्धुरा
    डडेल्धुरा – १ जना
    बझाङ – १ जना
    डोटी – १ जना

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडा
    बारा – २ जना
    मकवानपुर – १ जना
    नवलपरासी पुर्व – ३ जना
    रौतहट – ८ जना
    सिन्धुली – १ जना

    त्रि वि शिक्षण अस्पताल, महाराजगन्ज
    काठमाडौ – १ जना
    पाल्पा – १ जना

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
    लमजुङ – २२ जना

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरा
    तनहुँ – ७ जना

    बिगत २४ घण्टामा नेपालका २७ वटा प्रयोगशालामा RT-PCR बिधिबाट ४ हजार ६ सय ८८ जनाको कोरोना परिक्षण गरिएको र हालसम्म ३ लाख ८ हजार ४ सय ९८ जनाको उक्त प्रविधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ७ सय ५६ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या ५ हजार ८ सय ७१ जना रहेको छ । विगत २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ भने हालसम्ममा मृत्यु हुनेको संख्या भने ४० रहेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ सय ८५ रहेको छ । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ११ हजार ५ सय ३४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ४४ जना, प्रदेश नं. २ मा २ हजार ५ सय ८८ जना, बागमती प्रदेशमा ४ सय १३ जना, गण्डकी प्रदेशमा ९ सय ४६ जना, प्रदेश नं. ५ मा ३ हजार ६ सय ९२ जना, कर्णाली प्रदेशमा १ हजार ४ सय ९२ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ५९ जना रहेकोे छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार प्रदेश नं. १ मा सक्रिय संक्रमित संख्या ७१ जना, प्रदेश नं. २ मा १ हजार ८ सय ८६ जना, बागमती प्रदेशमा ४ सय १९ जना, गण्डकी प्रदेशमा ४ सय ०६ जना, प्रदेश नं. ५ मा ४ सय ३३ जना, कर्णाली प्रदेशमा ३ सय ८ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ३ सय ३८ जना रहेकोे छ ।

    त्यस्तै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या प्रदेश नं. २ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा १० जना, कर्णाली प्रदेशमा ४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेकोे छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या २२ हजार ७ सय ५६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ७ सय २८ जना, प्रदेश नं. २ मा २ हजार ७ सय ५१ जना, बागमती प्रदेशमा १ हजार ८ सय २४ जना, गण्डकी प्रदेशमा ३ हजार ६ सय ९९ जना, प्रदेश नं. ५ मा ३ हजार ४ सय ९७ जना, कर्णाली प्रदेशमा १ हजार ७ सय १३ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ५ सय ४५ जना रहेकोे छ ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुमा भोजपुर, संखुवासभा, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन ।

    Leave a Reply