वसन्त अनुभव

दाङ, २ साउन
दाङ जिल्लामा फेरि ५ जना कोरोना पोजिटिभ भेटिएका छन । बाकेको भेरी अस्पताल प्रयोगशालामा RT-PCR प्रविधिबाट गरिएको कोरोना परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ३ जना र दंगीशरण गाउँपालिकाका २ जना गरि ५ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का २० र ३२ वर्षीय पुरुष, वडा नं. १६ का ३४ वर्षीय पुरुष रहेको तुलसीपुर उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले बताउनु भयो ।गत असार ३० गते संकलन गरिएका १७ जनाको स्वाव परिक्षण गर्दा ३ जना संक्रमित देखिएको फोकल पर्सन केसीले बताउनु भयो ।
पोजिटिभ देखिएकालाई कोरोना बिशेष अस्पताल बेलझुण्डीमा पठाइएको र नेगेटिभ आएकालाई थप होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाईएको जानकारी उपमहानगरका कोभिड फोकल पर्सन विमल केसीले दिनुभयो ।
त्यस्तै थप संक्रमित हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ३ का ५ र ३० वर्षीय पुरुष रहेका छन ।

