काठमाडौ, २६ असार

नेपालमा गत २४ घण्टामा थप १ सय १८ जना कोरोना पोजिटिभ भेटिएका छन । शुक्रबार साँझसम्ममा देशभर कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित हुने मिडिया बृफिङमा उक्त जानकारी दिएको हो ।
उक्त अवसरमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुल संक्रमितमध्ये ८ हजार ६ सय ३ जना मात्र सक्रिय संक्रमित रहेको जानकारी दिए ।
नेपालका १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ भने ३० जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ। त्यस्तै २ सय बढी संक्रमित भेटिएको जिल्लाको संख्या २९ पुगेको छ ।
नेपालको सबैभन्दा धेरै संक्रमित भेटिएको जिल्ला रौतहट हुनपुगेको छ जहाँ १ हजार ४ सय ६७ जना संक्रमित भेटिएका छन्। त्यसपछि कैलाली हुनपुगेको छ जहाँ संक्रमितको संख्या ९०९ पुगेको छ । त्यसपछि क्रमश दैलेखमा ८१४, महोत्तरीमा ७५९, कपिलवस्तुमा ७५६, सर्लाहीमा ७०२, दाङमा ६४३, अछाममा ६२४, बाजुरामा ६१६, डोटीमा ५७८, पाल्पामा ५५३, धनुषामा ४९६, सुर्खेतमा ४५५, कञ्चनपुरमा ४४३, बाँकेमा ३८२ र अर्घाखाँचीमा ३३९ संक्रमित भेटिएका छन ।
त्यस्तै प्युठानमा ३२८, रुपन्देहीमा ३२२, सप्तरीमा ३२१, झापामा २९५, नवलपरासी पूर्वमा २९०, डडेल्धुरामा २८०, बैतडीमा २७४, , सल्यानमा २४२, सिरहाम २४०, काठमाडौंमा २२४, बागलुङमा २१६ र स्याङजामा २०३ संक्रमित भेटिएका छन ।
त्यस्तै बर्दियामा १९३, मोरङमा १८७, पर्सामा १६८, बझाङमा १६६, तनहुँमा १५१, धादिङमा १३४, बारामा १२९, नवलपरासी पश्चिममा ११४, गोरखामा ११४, सुनसरीमा १०१, चितवनमा ९९, पर्वतमा ९१, कास्कीमा ८४, उदयपुरमा ७७, ललितपुरमा ७०, लमजुङमा ६८, सिन्धुपाल्चोकमा ५७ र कालिकोटमा ५४ संक्रमित भेटिएका छन ।
त्यस्तै रोल्पामा ५०, भक्तपुरमा ४४, जुम्लामा ४०, रामेछापमा ३५, मकवानपुरमा २९, रुकुम पश्चिममा २८, नुवाकोटमा २५, म्याग्दीमा २४, दार्चुलामा १९, इलाममा १८, काभ्रेपलाञ्चोकमा १६, सिन्धुलीमा १६, जाजरकोटमा १५, खोटाङमा १४, रसुवा ११, ताप्लेजुङमा ११, दोलखामा ९, धनकुटामा ८, भोजपुरमा ६, संखुवासभामा ६, मुगुमा ६, ओखलढुंगामा ६, रुकुम पूर्वमा ५, पाँचथरमा ५, डोल्पामा ५, तेह्रथुममा ४, हुम्लामा २, सोलुखुम्बुमा १, मनाङमा १ र मुस्ताङमा १ संक्रमित भेटिएका छन ।
नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ भने संक्रमित भए पश्चात् निको भइ घर फर्कनेको संख्या ८ हजार ११ रहेको छ ।

