हो म फेरी मरे…..

  • २३ असार २०७७, मंगलवार ०९:०५ मा प्रकाशित
  • कविता

    सिमा पुरी, कवयित्री

    तिम्रो मेरो र हाम्रो सन्तानका लागी
    सन्तोषको सिरानी किन्न
    पुर्खाको सम्पत्ति बन्दगी राखी
    लागेको थिए, प्रिय् खाडितिर ।

    कमाए केहि, गुमाए धेरै
    बाकी थियो अझै सन्तानको
    भबिस्यको लागी धन जोहो गर्न
    उनका आँखामा बसेका सपनाहरु किन्न ।

    तिमीलाई जिन्दगीभर साथदिनु पर्ने
    जिन्दगी कै रणभुमीमा तिमिलाई
    एक्लो छोड्नु मेरो रहर कतै थिएन ।

    मेरा सारा खुशीहरु तिम्रा लागि
    भनेर भन्ने म आफै सजिए
    फुलमालामा, बाकसमा
    फुलै फुलले सजाइएको चितामा ।

    किस्मत यो मेरो थियो या तिम्रो प्रिय
    तिम्रो सिउँदोको सिन्दुर पखालिरहदा
    मेरा बृद्ध बा आमा अचेत भइ भुईमा ढल्दा ।

    मेरा नाबालक सन्तानले
    टुलुटुलु मै तिर हेरिरहदा
    तिम्रा आँखाबाट बग्ने आँसुका
    प्रत्येक थोपाको भार नसकी थेग्न
    म फेरि मरे, हो म फेरी मरे ।

    तिमीसंग त मैले छोडेको घाइते मुटु छ
    हेर तिमी राज गरी बस्ने यो मुटु
    जलेर गयो, तिम्रै सामु खरानी भयो
    म जल्दै गए, तिमि ढल्दै गयौं ।

    म तिम्रै सामु जलेर खरानी हुँदा
    तिमी सिथिल भै उभिएको
    तिम्रो मुहारलाई हेरिरहनु पर्ने
    तिमिले राज गरेको यो मन
    खरानी भएर नदि मा नै मिसिएर
    बग्दै गर्दा , म फेरि मरे । हो म फेरी मरे ।

    तिमिले बाच्नु पर्छ, मलाई भुल्नु पर्छ
    म बिना पनि तिम्रो, जिन्दगी फुल्नु पर्छ
    अर्को जुनी पाए भने फेरिसंगै जिउनु पाउनु पर्छ ।

    तिमी जिन्दगीभर कसरी खुसी रहन्छौ ?
    फेरी सिउँदोमा सिन्दुर भर्नु तिमिले भन्न
    मन नलागेको होइन प्रिय्

    सन्तान र बा आमाको जिम्मा लाउने काध छैन
    यहि सम्झी अर्को लोकमा म हरेक पल
    म फेरी मरे । हो म फेरी मरे ।

    प्रिय् तिमि यहि धर्तीमा जिउनु पर्छ
    म जुन बनि आउछु तिमिलाई
    मन भरिने गरी हेर्न
    तारा बनी उदाउछु तिम्रै हुन ।

    चिसो बतास बनि तिम्रो सिरानी छुने छु
    कलिलो सुर्यको किरणमा तिम्रै हुने छु
    तिम्ले टेक्ने घर्ती र हरेक पाईलाहरुमा
    मेरो प्रेमको न्यानो पन पाउने छौ
    तिमिले अब सबै भुलेर मुस्कुराउनु पर्छ ।

    तिम्रो मुस्कानको सहाराले समय काट्दै
    म अर्कै दुनियाँमा तिमिलाई पर्खी रहने छु
    मेरो अधुरो रहर , मेरा सबै सपनाहरु
    मेरा मातापिता र इस्टमित्र
    सबै सम्बन्धहर नाम सारी गर प्रिय्
    भन मेरा बा आमालाई मै हु छोरा मै हु बुहारी ।

    जिन्दगीको बाकि हिसाब मिलान गरेर
    आउँ तिमि तिम्रो जिन्दगी पुरै बाचेर
    हासेर आउँ …..

    म अर्कै दुनियामा तिमिलाई कुर्दै छु
    हरेक पल तिमिलाई हेर्दै छु
    मेरो शरीर जलेर गयो
    आत्मा तिमि संगै छोडेको छु ।

    जिन्दगीका अधुरा रहर तिमिसंगै जोडेको छु
    न मान्नु म मरेर गए , लाउ रातो चुरा हातभरी
    सजाउ निधारमा टिका प्रिय्
    म बिना तिमि फुल्नु पर्छ
    मलाई तिमीले भुल्नु पर्छ ।

    न पाउँदा तिम्रा रहरहरु छाम्न
    न सक्दा तिम्रा आँसुहरु थाम्न
    तिम्रै समिपबाट तिमिलाई नियाल्छु
    न देख्दा तिमिले
    नगर्दा स्पर्श मेरो आत्मालाई
    हो म फेरि मर्ने गर्छु । बार बार मर्ने गर्छु …

    शान्तिनगर ६

    Leave a Reply