साप्ताहिक पञ्चाङ्ग भाग- १९७

  • २० श्रावण २०८३, बुधबार ०८:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय सन्ताब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९७——-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०४/०४

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    पछाडिबाट छुरा हान्ने धेरै छन्
    बाहिरी इसारा नै मान्ने धेरै छन्
    मानव, किन?बन्छौं दानव यहाँ,
    गलत कुरा सही ठान्ने धेरै छन्
    सही गर्नेको खुट्टा तान्ने धेरै छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग::०२
    सत्य कर्म गर्नु पर्छ
    आफ्नो भर पर्नु पर्छ
    अरूले खेदो खने नि,
    दुःखलाई हर्नु पर्छ
    सुखी बीज छर्नु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०३
    मान्छेबाट मान्छे खस्याे , भीर थाह छैन
    अमूल्य याे जीवन हाे , बाँच्ने चाह छैन
    दुष्कर्मकाे चाप बढ्याे , जतासुकै यहाँ ,
    अशान्तिकाे ज्वाला दन्क्याे , खुसी आह छैन ।
    नदुःखाेस कैल्यै पनि , त्यस्ताे माह छैन ।
    -तीर्थराज जोशी

    पञ्चाङ्ग:०४
    फुलका थुँगाले सबैलाई माेहनी लगाउने छ मित्र
    विरक्तिएकाे मानिसकाे नि वैराज्ञ भगाउने छ मित्र
    प्रकृतिबाट मनुष्यले पाएकाे अमुल्य उपहार हाे,
    फूलकाे वासना साँच्चै माहुरीलाई जगाउने छ मित्र
    वरपर वातावरण नै सुन्दर सगाउने छ मित्र ।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-०५
    मैले मानेपछि उसले पनि मान्छ अवश्य
    मैले हानेपछि उसले पनि हान्छ अवश्य
    यहाँ रिस हो मान्छेको सबभन्दा ठुलो शत्रु,
    रिसले पारो चढ्दा आवेगले तान्छ अवश्य
    एकछिन रोक्न सके त्यो आफैं जान्छ अवश्य ।
    -पशपती राई खोटाङ।