“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसन्तउन्नौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०३/२५
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५७[एकसयसन्ताउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग::०१
आहा हिउँ सेताम्मे हेर्न पाइयो
चौरी सँगै अक्षर केर्न पाइयो
हेर्दा सुन्दर लाग्ने ठाउँ रहेछ,
चिसो ठाउँमा श्वास फेर्न पाइयो
दृश्यलाई मनमा बेर्न पाइयाे।
-सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
उत्तरतर्फकाे सेताे हिमाल चम्किलो देखिन्छ मित्र
अलिक तल हरियो पहाड गम्किलाे देखिन्छ मित्र
यति आल्हादित हुन्छु देशकाे प्रकृतिका छटा देखि,
तराई पहाड हिमाल तह थुम्किलाे देखिन्छ मित्र
अलि फेदीतर्फ प्राकृत नदी दम्किलाे देखिन्छ मित्र।
-चालिसे
पञ्चाङ्ग-०३
हिमालको चुलीमा हिउँ सेतै परेको देखियो
हिउँको पानी कलकल बग्दै झरेको देखियो
आह! गुराँस फुल्ने वनमा डाँफे चरी नाचेर,
रमाउँदै प्रकृतिलाई माया गरेको देखियो
अलि तल-तल चौरमा चौंरी चरेको देखियो ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०४
हिमालको दृश्य हेर्दा राम्रो देखियो
सारा हिमालको जिल्ला हाम्रो देखियो
प्रकृतिको सम्पदाले भरिपूर्ण छ,
हिउँको कारण माटो चाम्रो देखियो
हिमाली भागको ठाउँ डाम्रो देखियो।
-ह्यारिस

