“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयनब्बेऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९०———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०२/१८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग::०१
सुन्दर संसार सजाउन मन छ
नराम्रोको पाता बजाउन मन छ
बाहिर आफू राम्रो देखिन खोज्नेको,
दिमागको गिदी भजाउन मन छ
सदैव काममा कजाउन मन छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०३
जीवन जिउन घाँस दाउरा गर्नु पर्छ सानू
मेलाे अघि बढ्न त! अर्मपर्म भर्नु पर्छ सानू
स्वाभिमानमा बाँच्नलाई त!कर्ममा जम्नु साथी
खुसी साट्न जीवन सम्झाैतामा सर्नु पर्छ सानू
दु:खसुख सिक्काकाे दुई पाटा हर्नु पर्छ सानू ।
-प्रद्युम्न चालिसे
भक्तपुर कठुञ्जे ।
पञ्चाङ्ग:०३
जिन्दगीमा कुनै बेला गल्ती हुँदोरहेछ
रोजगारी छैन रित्तो खल्ती हुँदोरहेछ
खान लाउन पाए मात्र धर्मकर्म हुने,
गोजीभरि हुँदा मान्छे चल्ती हुँदोरहेछ
विनाधन मुटु मन जल्ती हुँदोरहेछ ।
गुणनिधि घिमिरे
पाँचथर खान्द्रोङ्ग
हालः- अमेरिका
पञ्चाङ्ग:०४
खुसीको बीज छर्दै आऊ
मनका पीडा हर्दै आऊ
डाह गर्नेले गरून् सधैं,
मेरो मायामा पर्दै आऊ
सुखी कामना गर्दै आऊ।
-ह्यारिस
पञ्चाङ्ग-०५
बजार जति नै ठुलो होस् साँचो माया कहिल्यै बिक्न सक्दैन
हृदयमा बसिसकेपछि माया जो कसैले झिक्न सक्दैन
पाउनको लागि होइन समर्पणको लागि गरिन्छ माया,
सम्झौतामा गरिएको माया केही छिन पनि टिक्न सक्दैन
साँचो माया गर्न नजान्नेले जिन्दगी कहिल्यै सिक्न सक्दैन।
-पशपती राई खोटाङ ।

