साप्ताहिक पञ्चाङ्ग भाग- १८५

  • ७ जेष्ठ २०८३, बिहीबार ०५:४९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय पचासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८५———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०१/१४

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    जिन्दगीमा रमाउन सक्नु पर्छ

    आपसमा समाउन सक्नु पर्छ

    दुईचार जना चाहिन्छ कुरा काट्ने,

    खर्च दिन कमाउन सक्नु पर्छ

    आफ्नो वस्तु जमाउन सक्नु पर्छ।

    सुशीला पौडेल

    पञ्चाङ्ग-:०२

    जीवनमा बस्नु पर्छ रमाएर सधैं हामीले

    अन्त्यमा के लानु छर जाँदा कमाएर हामीले

    खुसी हुँदै सबै सँग मीठो बोलौं जति बाचिन्छ ,

    बनाउनु छ यहाँ सम्बन्ध जमाएर हामीले

    अवश्य मरिन्छ लगिन्छ के समाएर हामीले ?

    -दुर्गा आचार्य

    मोरङ

    पञ्चाङ्ग:-०३
    जिन्दगीको लामो यात्रामा पैताला पोल्न सक्छ
    तिम्रो कम्जोरी देख्दा कानमा विष घोल्न सक्छ
    जिन्दगीमा खुसी किन्न पाइँदैन र मात्रै हो,
    स्वार्थकै निम्ति पनि थुप्रै भाउहरू मोल्न सक्छ
    भरोसा नगरौँ केवल स्वार्थमै बोल्न सक्छ।
    ✍🏻अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।

    पञ्चाङ्ग:०४
    घर या बस्ती मिलाउनु छ
    नराम्रो चिज जिलाउनु छ
    सके सबैलाई राम्रो गर्नु,
    नसक्ने भए हिलाउनु छ
    अशक्तलाई खिलाउनु छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०५
    वन जङ्गल भैँसी चर्ने चौरी सानो भयो
    ऐलानीमा प्रीति गाँसे आकास छानो भयो
    पुरानालाई खेदाएर नयाँनयाँ आए ,
    अन्न भण्डार ढिकुटीमा मात्र दानो भयो
    मुरी बनाई पाथी घट्यो चानोमानो भयो ।

    गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ्ग
    हालः- अमेरिका।

    पञ्चाङ्ग-०६
    पेवा हैन कसैको यो धरा सबैको साझा घर हो
    माटोमै जन्मिएपछि हामी सबै त बराबर हो
    प्रकृतिले सबैलाई समान दिए गरेझैं लाग्छ,
    फेरि किन कसैले आँसु पिउँछन् कसैले तर हो
    लड्नुपर्छ समानताको लागि किन मान्ने डर हो!
    -पशपती राई खोटाङ ।