“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय सत्चालीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०१/१७
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४७[एकसय सत्चालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

पञ्चाङ्ग:०१
राम्रो के हाे नराम्रो कुन हाे भनेर छान्नु पर्छ
ती ज्ञानका कुराहरूले मनलाई बान्नु पर्छ
विजय पाउनुपर्छ काम क्राेध लाेभ माेहमा ,
महामानव हुन् बुद्ध हामी सबैले मान्नु पर्छ
बुद्धत्व के हाे भनेर हामी सबैले जान्नु पर्छ।
-सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
मनुष्यमा सर्वप्रथम दृढ सङ्कल्प हुनु पर्छ
आफूले गरेको कामले सबैको मन छुनु पर्छ
बुद्धले सबभन्दा पहिले देखाकाे बाटाे त्याग हो,
अरूलाई दु:ख पर्दा करुणा भावले रुनु पर्छ
ध्यान र तपस्या गरेर दिलकाे मैलो धुनु पर्छ ।
प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३
सत्यका बचनलाई चुनेर हेर
ज्ञानका सुन्दर माला बुनेर हेर
शान्तिकाे महसुस हुन्छ हृदयमा,
ती शुद्ध वाणी बुद्धकाे सुनेर हेर
त्यसलाई मन भित्र गुनेर हेर।
-ह्यारिस ह्यारिसन
पञ्चाङ्ग:०४
बुद्धत्वको तपस्याले ज्ञान पाएका थिए
गाउँ बस्तीमा शान्तिको गीत गाएका थिए
सत्कर्मले गर्दा नै पहिचान हुन गयो,
सधैं जसो एक छाक खाना खाएका थिए
उनले ज्योति स्वरूप वस्त्र लाएका थिए।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग-०५
धेरै छिटो पनि जाने होइन ढिला पनि गर्ने होइन
मध्यमार्गको बाटो चुन्नुपर्छ दायाँबायाँ सर्ने होइन
कसैलाई हिंसा नगर्नु बुद्धले दिएको ज्ञान यही हो,
बाँच र बाँच्न देऊ कसैलाई मार्ने हैन मर्ने होइन
जलाऊ दियो आफैंभित्र बाहिरी भ्रममा पर्ने होइन ।
-पशपती राई खोटाङ ।

