साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४०

  • २४ चैत्र २०८२, मंगलवार १३:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचालीसौं हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/१२/०५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४०[एकसयचालीसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफूखुसी

    स्थायी :- आफूखुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१
    हर्ष नै हर्षको बहार आओस् चैते दशैंमा
    सम्पूर्णको दुःख हटेर जाओस् चैते दसैंमा
    सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,
    देशमा अमनचयन छाओस् चैते दसैंमा
    शान्ति,एकताको प्रतीक पाओस् चैते दसैंमा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    चैते दसैं आयो भन्छन्
    खुशी सबै छायो भन्छन्
    दुःख कष्ट पिडा बिर्सी,
    गरिबले खायो भन्छन्
    नयाँ लुगा पायो भन्छन्।
    -कला ढकाल झापा

    पञ्चाङ्ग :०३
    हाम्रो परम्परामा एक वर्षमा चार नवरात्र हुन्छ साथी
    विशेष गरेर नवदुर्गाकाे पूजाले हाम्राे मन छुन्छ साथी
    हाम्रो वैदिक सनातन धर्म वैशिष्ट्य आत्मालाई शुद्ध गर्ने
    पूर्वीय दर्शन अनुसार मान्छे जन्म जन्म पाप धुन्छ साथी
    हामीले अनुष्ठान निष्काम भावले गरे ईशले सुन्छ साथी ।
    प्रधुम्न चालिसे।

    पञ्चाङ्ग-०४
    बेरोजगार कोही नहोउन् सबैको वर्षैभरि काम होस्
    चुहियोस् पसिना यै माटोमा यै माटोमा परमधाम होस्
    हाम्रो सबै पर्वमा गर्व गर्दै शुभकामना बाँड्न सकुँ,
    विश्वभरि जहाँ रहेपनि सधैं हाम्रो नेपाली नाम होस्
    असत्यलाई जित्न सक्ने यो कलियुगमा पनि राम होस्।