“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबयालीसौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/१२/१९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४२[एकसयबयालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग :०१
हिमालको फेदमा बस्ती देखिन्छ
त्यहाँका बासिन्दामा मस्ती देखिन्छ
अति सुन्दर हाम्रो देश नेपाल ,
सजाए झै हिउँको गस्ती देखिन्छ
मानव एकताको रस्ती देखिन्छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
उच्च हिमशिखर हाे मेराे शिर साथी
धर्तीपुत्र हुँ छैन नि कुनै पीर साथी
विश्वमा बढाए गाैरव हाम्रो पुर्खाले,
पहिचान बलियो नेपाली वीर साथी
बुद्धका सन्तति भएर छाै धीर साथी।
प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३
हिमाली फेदमा घर बनाउन मन छ
सम्पूर्णको उपस्थिति जनाउन मन छ
कस्तो राम्रो देखियो पुस्तकको घर हेर्दा,
यस्को घृणा गर्नेलाई हनाउन मन छ
धेरै वार्षिक उत्सव मनाउन मन छ।
ह्यारिस ह्यारिसन
पञ्चाङ्ग-०४
हिमालको काखमा बस्ने कस्तो सौभाग्य पाइएको छ
आफ्नै पाखामा चौरी डुलाई आफ्नै भाका गाइएको छ
प्रकृतिको जति धनी छौं हामी मनको पनि उतिकै ,
चलाएर पाखुरी यै माटोमा उब्जेको खाइएको छ
कोही छैनन् वैरी हाम्रो प्रेम सबैसँग लाइएको छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
चैत बैशाख मास वसन्त ऋतु फक्री आए छन्।
हिउँको सिजन देखेर होला खुसीले धाए छन्।
हिमाल मिठो श्वास लिदै भुले भ्रमर पुतली
वसन्त ऋतुको लतामा हल्ली माल्शिरी गाए छन्।
फुलेको मीठो पदार्थ भ्रमर मौरीले खाए छन्।
✍️ वेदु न्यौपाने
काठमाडौँ 🙏🌹🌹

