“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयएकासीऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१८१———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/१२/१६
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफूखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
केही मान्छे खुट्टा तान्ने पनि चाहिन्छ
आफैंलाई ठूलो ठान्ने पनि चाहिन्छ
यसरी नै हुने रैछ प्रगति यहाँ,
कोही प्रगतिमा हान्ने पनि चाहिन्छ
मैले भन्दा धेरै जान्ने पनि चाहिन्छ।
सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
“””””””””
वसन्त ऋतु बगैँचामा फुल्याे फूल हजुर
खै कताबाट आए माहुरीकाे हुल हजुर
प्रकृतिले सृष्टि रक्षार्थ मिलाइन् व्यवस्था ,
सनातन शाश्वत हाम्रो धर्म मूल हजुर
पूर्खाले चलाएको रीत छाडे भुल हजुर ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३
प्रेमील संसार जगाएर जाऊ
दुःख पीडा सबै भगाएर जाऊ
मानव जिन्दगी अजीब रहेछ,
सुख खुसी यतै मगाएर जाऊ
प्रेमरूपी फूल लगाएर जाऊ।
ह्यारिस ह्यारिसन।
पञ्चाङ्ग:०४
चैत बैशाख मास वसन्त ऋतु फक्री आए छन्
फुल्नको सिजन देखेर होला खुसीले धाए छन्
फुलेको मिठो सुवास् लिदै भुले भ्रमर पुतली ,
वसन्त ऋतुको लतामा हल्ली माल्शिरी गाए छन्
फुलेको मीठो पदार्थ भ्रमर मौरीले खाए छन्।
✍️ वेदु न्यौपाने
काठमाडौँ 🙏🌹🌹
पञ्चाङ्ग-०५
हिमाली हावा पहाड हुँदै तराई सम्म नै बहनु पर्छ
दुःख र सुख पूर्व र पश्चिम मिलेर हामी सहनु पर्छ
नाथे यो मान्छे त एकदिन मरि नै हालिन्छ मै हुँ नभनौं,
तर यो देशको नाम नेपालै हो विश्वलाई कहनु पर्छ
मर्नु हुन्न कहिल्यै पृथ्वी रहुन्जेल यो देश रहनु पर्छ ।
-पशपती राई खोटाङ ।

