
साउदी अरब । सिन्धुली घऱ भई बिगत लामो समयदेखि साउदी अरबको जेद्दामा कार्यरत लोकगायक तथा सर्जक तेज सिलवालले आफ्नो क्षेत्रका प्रतिनीधि सभा सदस्का उमेद्वार समर्पित नयाँ चुनावी गीत ‘आशिष गजुरेल जिताऔँ यसपालि’ बोलको गित सार्वजनिक गरेका छन्।
जनजी आऩ्दोलनपछिको अन्तरिम सरकारले तय गरेको फागुन 21 को चुनाब नजिकिँदै गर्दा, देशमा चुनावी माहोल तातिरहेको सन्दर्भमा तयार गरिएको यो गीत सिन्धुली क्षेत्र नम्बर २ बाट घण्टी चिन्ह लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का तर्फबाट उम्मेदवार बनेका यातायात विज्ञ आशिष गजुरेललाई लक्षित गरिएको छ।
गीतमा “महान युवा नेता आशिष गजुरेल जिताऔँ यसपालि” भन्ने सन्देश प्रस्तुत गरिएको छ। सर्जक तेज सिलवालको शब्द सिर्जनामा तयार भएको गीतमा सिन्धुलीकी चेली कविता कुमारी श्रेष्ठ र ओमप्रसाद प्रसाईंको स्वर रहेको छ। गीत निर्माणमा गायिका मिना बेलबासेले विशेष सहयोग गर्दै मुख्य भूमिका निर्वाह गर्नुभएको छ।
उक्त गीत TejSilwal Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। पछिल्लो समय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो देखिएको छ। उम्मेदवार आशिष गजुरेल यातायात व्यवस्थापन विज्ञका रूपमा परिचित छन्। उनी सवारी साधनमैत्री मात्र होइन, मानवमैत्री सडक र सुरक्षित यातायात प्रणालीको अवधारणामा जोड दिन्छन्। “सडक बनाउँदा पैदलयात्री र साइकल प्रयोगकर्तालाई बेवास्ता गरिन्छ,” गजुरेल भन्छन्, “मानवमैत्री पूर्वाधारले ट्राफिक व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न सक्छ।” जर्मनीबाट उच्च शिक्षा हासिल गरेका इन्जिनियर गजुरेलको नेतृत्वमा चोभार परियोजना सम्पन्न भइसकेको छ भने अन्य थुप्रै विकास योजनाहरू अघि बढिरहेका छन्। गोबिन्द ओलीको लय रहेको उक्त गीत सार्वजनिक भएसँगै मतदाता माझ सकारात्मक सन्देश प्रवाह गर्न सफल देखिएको छ। गीतले आगामी चुनावी अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
पुरा गित यसमा हेर्नुहोला

