स्वतन्त्रका प्रचार संयोजक खाँणले लेखे “म चार तारे झण्डा र रुखमै छु ”

  • ११ माघ २०८२, शनिबार २२:२३ मा प्रकाशित
  • कपिलवस्तु, १० माघ

    कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माको प्रचार प्रसारका लागि गठन गरिएको भनिएको युवा परिचालन समितिका संयोजक चर्चित युवा समाजसेवी राजकुमार खाँँणले आफु काँग्रेस पार्टीमै रहेको बताएका छन । समिति गठनको ३ घण्टा नबित्दै खाड्ले आफ्नो आधिकारीक फेसबुकपेजमा “जहाँ चार तारे झण्डा । जहाँ रुख चिन्ह । त्यहाँ राजकुमार खाँण” लेखेका छन । खाँणले आफु नेपाली काँग्रेसमै रहेको र काँग्रेसका आधिकारीक उम्मेदवार अतहर कमाललाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको खुल्न आएको छ । यस अघि शनिबार दिउँसो खाँँणको संयोजकतामा १४ सदस्यीय युवा परिचालन समिति गठन गरिएको भन्दै प्रचारबाजी गरेको देखिएको छ । खाँणले पार्टीका आधिकारीक उम्मेदवार र रुख चुनाव चिन्हमा रहेको स्पष्ट पारें सगै स्वतन्त्र उम्मेदवारको प्रचार प्रसार समिति नेतृत्वबिहिन हुन पुगेको छ । निर्वाचन क्षेत्रमा स्वतन्त्रको पक्षमा घटदो जनमत सगै पार्टीका प्रतिबद्ध नेता तथा कार्यकर्ता पार्टीका आधिकारिक उम्मेदवार अतहर कमालको पक्षमा संगठित हुन थालेका छन । रुख चिन्हमा मतदान गर्न पाउने र पार्टीले रुपान्तरणको माग अबलम्बन गरेका कारण पार्टीका आम कार्यकर्ता उत्साहित देखिन थालेका हुन ।
    यसै बिच नेपाली काँग्रेस जिल्ला कार्य समिती कपिलवस्तुले आयोजना गरेको बैठकमा पार्टीका जिल्ला सदस्य हरिराज घिमिरे र क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति अब्दुल मन्नान खाँले तिन वटै क्षेत्रका नेपाली काँग्रेस पार्टीका आधिकारीक उम्मेदवारलाई जिताउन सबै नेता कार्यकर्ता सँग अपिल गरेका थिए । घिमिरे र खाँले जिल्ला कार्य समिती बैठकमा गरेको अपिलकै आधारमा निर्वाचन क्षेत्रमा पार्टीका आधिकारिक उम्मेदवारको प्रचार प्रसार गर्नेमा पार्टी नेतृत्व विश्वस्त देखिएको छ । “बैठकमा आधिकारीक उम्मेदवारलाई सहयोगको अपिल गरे सगै उहाँहरुले क्षेत्रमा सोहि अनुसारको नैतिकता प्रदर्शन गर्दै आधिकारिक उम्मेदवारलाई जिताउन लाग्ने बिषयमा हामी बिश्वस्त छौं ।” एक पार्टी नेताले भने ।